SamwadKhabar logo

               

युवा

एक संकल्प राष्ट्रका लागि कार्यक्रम सम्पन्न

देवराज रिजाल

देवराज रिजाल

एक संकल्प राष्ट्रका लागि कार्यक्रम सम्पन्न
चैत ८, भैरहवा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सिद्धार्थनगर इकाई, भैरहवाको आयोजनामा ‘एक संकल्प राष्ट्रका लागि’ कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता र संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शुशिल कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्वअध्यक्ष राजकुमार गुरुङको विशिष्ट आतिथ्यता, प्राज्ञिक विद्यार्थी परिषद लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासिनी, प्रदेश सचिव तिर्सना खराल, केन्द्रीय सदस्य अनुराग पाण्डे, गणेश भुसाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रशिक्षकद्वय प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेल र लुम्बिनी प्रदेश विकास श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा संकल्पकर्ता प्राज्ञिकका लुम्बिनी प्रदेश उपाध्यक्ष कमल कोइराला रहेका थिए । कार्यक्रम संयोजक बद्रि प्रसाद भट्टराईको स्वागत तथा बन्दना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०५२ सालमा स्थापित प्राज्ञिक विद्यार्थी परिषद नेपालले सु–सब्य नागरिक बनाउने, विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रुपमा स्थापित गर्ने, आगामी दिनमा रक्तदान कार्यक्रम, क्याम्पस इकाई गठन, नेतृत्वसिपको विकास र जीवन उपयोगी तालिमहरु सञ्चालन गर्ने परिषदका सिद्धार्थनगर अध्यक्ष नारायण प्रसाद कोइरालाले बताए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…