कोभिड–१९ संक्रमण फैलिन नदिन बढानीलकण्ठ नगरपालिकाकोअपिल
चैत्र १३, काठमाडौं । बढानीलकण्ठ नगरपालिकाले नगरका समाजसेवी, व्यवसायी, उद्योगी, नागरिक समाज, सामुदायिक संघ, संस्था, टोल सुधार समिति र सर्वसाधारणहरुलाई कोभिड १९ को महामारी विरुद्ध लड्नको लागि अपिल गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण शुरु भएको एक वर्ष पुरा भएको छ । कोरोना भाइरस सक्रमणको दोस्रो लहर देखिन थालेपछि सबै तिर चिन्ताको विषय बन्न पुगेको छ । छिमेकी मुलुक भारत लगायतका देशहरुमा पछिल्लो समय संक्रमण बढ्दो गहिरहेको छ । विश्वभर मृत्युदरमा वृद्धि भइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय संचार माध्यम मार्फत जानकारी तथा सचेत रहनका लागि सूचनाहरु प्रकाशन भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरेर आम नागरिकहरुलाई सजक र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन अनुरोध गरिएको छ । यसै सन्दर्भमा बुढानीलकण्ठ नगरपालिकामा कोभिड १९ को संक्रमण फैलिन नदिन तपशिल बमोजिमका सावधानी अपनाउन सरोकारवालाहरु सबैमा अनुरोध गरिएको छ।
तपशिल:
१. अति आवश्यक बाहेक नगरपालिकाभित्र भिडभाड हुने किसिमका कुनै पनि किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचालन गर्न नहुने साथै गर्ने पर्ने अत्यावश्यक कार्यक्रमहरुमा सुरक्षाका बिधिहरु पालना अनिवार्य गर्ने ।
२. हरेक व्यक्तिले पटक पटक साबुनपानीले हात धुने तथा स्यानीटाईजरको प्रयोग गर्ने ।
३. सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने तथा न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने गराउने ।
४. कोभिड १९ को लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परिक्षण गर्नेरगराउने ।
५. होटल, पसल र व्यापार व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाका मापदण्ड उचित रुपमा परिपालना गर्ने रगराउने ।
६. पर्व मेला, सामुहिक तथा सामाजिक कार्यक्रममा हुने संख्यालाई सावधानी पूर्वक न्यूनीकरण गर्दै अत्यावश्यक संख्या मात्र जम्मा भई कार्यक्रम गर्ने ।
७.आम जनसमुदायहरुले एक अर्कोलाई सावधानी र सचेतना अपनाउन सर्तक गराउने ।
८. साथै नजिकिदै गरेको फागु पुर्णिमा ९होली० लगायत चाडपर्वहरु मनाउँदा भिडभाड नगरी अनिवार्य रुपमा कोभिड रोकथाम तथा नियन्त्रणको लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गराउने।