SamwadKhabar logo

               

पत्रपत्रिका

सञ्जयले बनाए 'बेस्ट म्याड हनी' ब्रान्ड, ५ हजारको महबाट शुरू गरेका थिए

संवाद खबर

संवाद खबर

सञ्जयले बनाए 'बेस्ट म्याड हनी' ब्रान्ड, ५ हजारको महबाट शुरू  गरेका थिए
काठमाडौ २०७८, वैशाख २ । सञ्जय काफ्लेलाई घुम्न, नयाँ मान्छे भेट्न र उनीहरूको कथा सुन्न रमाइलो लाग्छ। त्यसैकारण उनी विभिन्न ठाउँ पुग्छन्, अपरिचित मान्छेसँग घुलमिल हुन्छन् अनि उनीहरूका कथा शब्दमा सँगाल्छन्। सानैदेखि मलाई घुम्न खुबै मनपर्थ्यो। प्लस–टु सकेर नेपाल घुम्ने सोचेको थिएँ। त्यही सपना स्नातक भर्ना भएसँगै पूरा गर्दै गएँ, ट्राभल ब्लगर एवम् व्यवसायीसमेत रहेका उनले भने, नेपाल घुम्ने सोचेर पैसा पनि जम्मा गरेको थिएँ। घुम्दाघुम्दै व्यवसायको बाटो पनि समात्न पुगेँ। सञ्जय बेस्ट म्याड हनी का संस्थापक हुन्। करिब तीन वर्षदेखि लमजुङको दोर्दी गाउँबाट मह ल्याउँदै, त्यसलाई प्रशोधन गरेर उनी व्यापार गर्दैछन्। बेस्ट म्याड हनी लेबोरिअसु मौरीको मह हो जसमा न्युरोटक्सिनु हुन्छ। यो धेरै खाएमा मान्छे लठ्याउन सक्ने उनी बताउँछन्। २६ वर्षीय सञ्जय कृषिका विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालयबाट एग्रिकल्चर एक्सटेन्सन एन्ड रूरल सोसिओलोजीमा स्नातकोतर गर्दैछन्। पर्वतका उनले कक्षा चारदेखि काठमाडौंको निजी विद्यालय पढे। पढाइमा ठिकठाक थिए। त्यसैले उनको पढाइलाई लिएर आमाबुवा चिन्तित हुन्थे रे। सबैजना मैले केही गर्न सक्ने हो कि होइन भन्ने पिर गर्नुहुन्थ्यो। कृषि पनि मामाले पढ्नुभएको देखेर रोजेको हुँ, उनले भने। सञ्जय मामाघर पुग्दा मामालाई सधैंजसो घरमा देख्थे। पढिरहेका छन् भन्ने सुनेका थिए तर कलेज कमै जान्थे। मामासँग कुरा गरेपछि उनले थाहा पाए, बन्द र हड्तालले गर्दा कलेज प्रायः बन्द हुने रहेछ। कृषि पढ्दा धेरै बिदा हुने र यो बिदामा घुम्न जान पाइन्छ भन्ने सोचले नै सञ्जय स्नातक गर्न लमजुङ कृषि क्याम्पस भर्ना भएका हुन्। त्यसपछि उनी यसैमा भुल्न थाले। लमजुङ घुमघाम क्रममा एकदिन साथी ध्रुव्र गुरुङले उनलाई हनी हन्टिङु मा जाने प्रस्ताव राखे। नयाँ ठाउँ घुम्न मात्र होइन, नयाँ अनुभवका लागि पनि सधैं तयार हुने सञ्जय दंग परे। ध्रुवले उनलाई सुन्दर बजारदेखि ताँजे गाउँ पुर्‍याए। त्यहाँ ध्रुवका साथी मनराज घलेसँग भेट भयो। सुन्दर बजारभन्दा ताँजे गाउँ निकै माथि र टाढा थियो। त्यसैले मह काढ्न जानुभन्दा अघिल्लो दिन सञ्जय र ध्रुव मनराजकै घर बसे। भोलिपल्ट सबेरै उनीहरू मह काढ्न समूह बनाएर ताँजेभन्दा माथि दोर्दी गाउँ पुगे। गाउँ निकै भीरमा थियो। क्यामरा बोकेर हिँडेका सञ्जयलाई त्यो माहोल रोचक लाग्यो। त्यहाँका हरेक गतिविधि र प्रक्रिया क्यामरामा कैद गर्न थाले। त्यो माहोल देख्ने बित्तिकै रमाइलो र अनौठो लागेको थियो। फोटोहरू चित्त बुझ्दो पाएँ, उनले त्यहाँको अनुभव सुनाए। झन्डै १५ जनाको टोली बनाएर गएकाहरू बिहानको खाना खाएसँगै मह काढ्न लागे। मौरीको टोकाइबाट बच्न जाली ओढेका थिए। तर ज्याद्रा मौरीले बाहिरैबाट पनि आक्रमण गरे। ३२ वटासम्म मौरीले टोकेको त गनेँ। त्यसपछि गनेरै साध्य भएन, उनले भने। मह काढिसकेपछि टोली ताँजे गाउँतर्फ लम्किए। बाटोमा सञ्जयले गाउँलेलाई सोधे, मौरीले टोकेनरुु जवाफमा उनीहरूले हाँस्दै भनेछन्, हामीलाई त मौरीले चिनिसके। ताँजेबाट सञ्जयले पाँच हजार रुपैयाँको मह किनेर ल्याए। सुन्दर बजार फर्केपछि हनी हन्टिङु गर्दाका थुप्रै फोटा फेसबुकमा पोस्ट गरे, विभिन्न पत्रपत्रिकामा पनि प्रकाशन गरे। उनका फोटामा धेरै प्रश्न र प्रतिक्रिया आउन थाले। कतिले सोधे पनि, मह किन्न पनि पाइन्छ किरुु यस्तै प्रश्नहरू हेर्दै बसेका उनले एकदिन फेसबुकमै लेखे, म्याड हनी उपलब्ध छ। त्यतिन्जेल सञ्जय काठमाडौं फर्किसकेका थिए। मह उपलब्ध छ भनेको पोस्टमा थुप्रैले किन्न रूचि देखाए। त्यसपछि उनले मह प्याकेजिङका लागि स(साना बट्टा किने। म्याड हनीको ट्याग बनाए। र, अर्डरअनुसार विभिन्न ठाउँमा पुर्‍याए। जम्मा पाँच हजारको मह कति नै हुन्थ्यो१ सबैको माग पूरा गर्न सकेनन्। लमजुङका स्थानीय बजारमा महको उत्ति चासो छैन। तर काठमाडौंमा माग धेरै रहेछ, उनले भने, त्यसपछि नै व्यवस्थित ढंगबाट महकै व्यवसाय गर्ने योजना बनाएँ। यो योजनासँगै उनी फेरि लमजुङ पुगे। पहिलो वर्ष ३० किलो मह ल्याए। १५० ग्राहकको माग पूरा गरे। यतिकैमा उनी स्नातकोतर पनि भर्ना भए। पढाइसँगै मह व्यवसायलाई निरन्तरता दिए। गरिरहेको कामलाई आधिकारिक रूपमा अघि बढाउन सन् २०१९ अन्तिमतिर कम्पनी दर्ता गरे( मिठो मसिनु फुड्स कम्पनी। यहीँबाट बेस्ट म्याड हनीु ब्रान्ड सार्वजनिक गरे। हामीसँग उत्कृष्ट मह छ भन्ने आत्मविश्वास छ। त्यसैले नाममा बेस्ट थप्यौं, सञ्जय भन्छन्, यस्तो मह धेरै खाँदा लठ्ठिने भएकाले धेरै देशमा यसलाई म्याड हनी भनेर पनि चिनिन्छ, अनि नाम यही राखियो। पाँच किलो महबाट सुरू गरेको बेस्ट म्याड हनीले काठमाडौंमा राम्रो बजार पायो। विदेशतिर पनि पुग्दैछ। कोरोना महामारीमा धेरै काम ठप्प हुँदा सञ्जयलाई भने भ्याइनभ्याइ भएको थियो। गत चैतमा लकडाउन हुनुअघि सञ्जय चितवनमा थिए। ुमहको माग पूरा गर्न धौ(धौ परेपछि सप्लायर्सले अन्त विकल्प खोज्छु भन्न थाले। अनि म काठमाडौं आउन बाध्य भएँ,ु भने, ुघरमा भने बाहिर नगए हुने जस्तो गर्नुभयो। त्यस्तो डरलाग्दो समयमा हिँडेको भन्दै ममी रूनु पनि भयो। घरमा सबैलाई सम्झाउँदै काठमाडौं आएका उनी एक्लैले बिहानदेखि मह छान्ने, प्याकेजिङ र डेलिभरीको काम गरे। अवस्था सामान्य भएसँगै कर्मचारी फर्के र काम पुनः सुरू भयो। हाल उनको कम्पनीमा पाँच जना कर्मचारी छन्। बेस्ट म्याड हनीले अहिलेसम्म पाँच हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याइसकेको सञ्जयको भनाइ छ। यो मह स्वास्थ्यका लागि फाइदाजनक भएका कारण माग बढेको सञ्जय अड्कल काट्छन्। तर उनलाई बजार माग धान्न हम्मे परेको छ। मह वैशाख(जेठ र असोज(कात्तिक गरी जम्मा दुई सिजनमा काढिन्छ। हालको बजारमा यतिले माग पुर्‍याउन सकिन्न। प्राकृतिक मह बिग्रिँदैन तर ४८ महिनापछि फर्मेन्टु हुन सक्छ। त्यसैले उनी लेबोरिअस मौरी पाउने अन्य जिल्ला अध्ययन गरिरहेका छन्। नेपालमा चार प्रकारको मौरी पाइन्छः डोर्साटा, सेराना, मेलिफेरा र लेबोरिअस। बजारमा पाइने प्रायः मह सबैथरी मौरीले बनाएको मिश्रित हुन्छ। तर बेस्ट म्याड हनीले लेबोरिअस मौरीको मह मात्र बेच्ने सञ्जय दाबी गर्छन्। जुन सोचमा सञ्जयले आफ्नो ब्रान्ड बजारमा ल्याएका थिए, छोटो समयमै विस्तार भएको छ। उनी भन्छन्, जसरी सुरू गरेको थिएँ, यत्तिको राम्रो हुन्छ सोचेकै थिइनँ। आफ्नो व्यवसायमा तेस्रो पक्षसँग सहकार्य नगर्ने सोचमा अडिग उनी आफैं मह काढ्न जाने र त्यहाँका किसानसँग अन्तर्क्रिया गर्ने तरिकामा काम गर्छन्। गत वर्ष चैत(वैशाखमा पाँच सय किलो मह बजार पुर्‍याएका सञ्जयले यसपालि दस हजार किलो पुर्‍याउने योजना बनाएका छन्। उनका अनुसार महको भाउ कति पर्छ भन्ने चाहिँ बजारअवस्था अनुसार फरक पर्छ। बेस्ट म्याड हनीको माग विदेशमा समेत राम्रो छ। धेरैजसो अमेरिकामा निर्यात हुँदै आएको यो मह अहिलेसम्म पचासभन्दा बढी देश पुगेको सञ्जयले बताए। बेस्ट म्याड हनी भविष्यमा प्रिमियम प्याकेजु पनि बनाउने तयारीमा छ। सञ्जय भन्छन्, हामीसँग स्रोत छ तर त्यसको प्रिमियम माग बढाउन सकेका छैनौं। त्यसैले दीर्घकालीन योजनाअन्तर्गत ब्रान्डको प्रिमियम प्याकेज बनाएर विभिन्न घरानासम्म पुर्‍याउने सोच छ। सेतो पाटीबाट साभार गरिएको

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…