SamwadKhabar logo

               

पत्रपत्रिका

मुख्यमन्त्रीमा पुनः पोखरेललाई अघि सारिँदै

संवाद खबर

संवाद खबर

मुख्यमन्त्रीमा पुनः पोखरेललाई अघि सारिँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिएका छन । उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताएका छन । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिनुहुनेछ । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भन्नुभयो । लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

ताजा

सबै

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

१४ कार्तिक, काठमाडौं । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत य…

रेड पान्डाको छालासहित एक जना पक्राउ

१४ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिका२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु…

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

१४ कार्तिक, काठमाडौं । गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना…

कञ्चनपुरको कृष्णपुर नगरपालिका परिसरमा करेसाबारी

१४ कार्तिक, काठमाडौं । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ…

लोकप्रिय

सबै

तिहार लक्षित चाँदीका सिक्का बिक्री सुरु

१२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका …

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीले गरे आत्माहत्या

१२ कार्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरा…

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

१३ कार्तिक, काठमाडौं । बुधवार हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बं…

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, टिकट काट्नेहरु बिहान चार बजेदेखि लाइनमा

१४ कार्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फ…

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…