SamwadKhabar logo

               

तीर्थ परिचय

गुरु पूर्णिमाको व्यापकता

संवाद खबर

संवाद खबर

गुरु पूर्णिमाको व्यापकता
साउन १०, काठमाडौं । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। यस पटक कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण सामाजिक सञ्जाल तथा यदा–कदा सार्वजनिक कार्यक्रम गरेर गुरू पूर्णिमा मनाएको छ । साउन शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिन्थ्यो । आ–आफ्नो गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने, कृतज्ञता ज्ञापन गर्ने तथा गुरू जिवित नभएकाहरूले गुरूको फोटोमा फूलमाला गरेर गुरु पूर्णिमा मनाएको छ । सामान्य रूपमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर औपचारिक कार्यक्रम पनि भएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको छ । गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवं संघ सस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम नभएकाले मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिएको छ । गुरु पूर्णिमाको अवसरमा हिन्दु स्वयंसेवक संघ, नेपाल लगायतका विभिन्न संघ, संगठनहरूले गुरु पूर्णिमाको अवसरमा भग्वाध्वजलाई गुरू मानेर पूजन गर्ने गर्दै आइरहेको छ । पछिल्लो समय गुरु पूर्णिमाको व्यापकता छाउँदै गएको छ । गुरु पूर्णिमालाई शिक्षक दिन को रूपमा पनि मनाउने प्रचलन बढेको छ । शिक्षा क्षेत्रमा सँस्कार र सँस्कृतिको नकारात्मक बढी चर्चा हुने गरे पनि गुरु पूर्णिमालाई भने सकारात्मक रूपमा हेरिएको छ । समाजमा गुरु पूर्णिमा अर्थात् शिक्षाको महत्वलाई बुझ्न थालिएको हो की भन्न सकिन्छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…