SamwadKhabar logo

               

कर्णाली प्रदेश

जुम्ला जोडियो विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा

देवराज रिजाल

देवराज रिजाल

जुम्ला जोडियो विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा
साउन १८, काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्न पूर्ण लाइनसमेत परीक्षण गरिएको थियो, प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही हल हुने छ ।” सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले लामो समयदेखि संसद्मा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आएका थिए । प्राधिकरणले दशैँसम्म यहाँका आठवटै स्थानीय तहका मुख्य स्थानमा विद्युत् पु¥याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत् वितरण केन्द्रले जनाएको छ । सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए । प्रसारण लाइन समयमै पुयाउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताए ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

१६ असोज, काठमाडौं । घर सजावटका लागि माटो खन्नेक्रममा माथिबाट आएको मोटोको ढिस्कोले …

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभ…

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ जना घाइते

जेठ ७, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएक…