SamwadKhabar logo

               

पत्रपत्रिका

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज

देवराज रिजाल

देवराज रिजाल

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज
भदौ ९, काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ। नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्‍याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो। आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया आजै पुर्‍याउने र दल दर्ताको निर्णय गर्ने भएको हो। आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखत गर्न बोलाइएको जनाएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो। केन्द्रीय सदस्यलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…