SamwadKhabar logo

               

पत्रपत्रिका

नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ३० सांसद र ५४ केन्द्रीय सदस्यले गरे सनाखत

देवराज रिजाल

देवराज रिजाल

नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ३० सांसद र ५४ केन्द्रीय सदस्यले गरे सनाखत
भदौ ९, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो । नेकपा एमालेले दल त्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्नेछ । वरिष्ठ नेता झलनाथ खनालले भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गरेका छन्। एकीकृत समाजवादीको पक्षमा रहेको भन्दै आयोगको कार्यालयमा पुगेका तीनजनाको सनाखत हुन सकेको छैन। पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली र सोमप्रसाद पाण्डेको सनाखत गर्न नमानेको हो।उनीहरुका सम्बन्धमा के गर्ने भनेर आयोगका पदाधिकारी र एकीकृत समाजवादीका नेताहरुबीच अहिले छलफल चलिरहको छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६…

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्…

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

भाषाविद्ः ‘नेपालमा गुड्ने सवारीमा अंग्रेजी भाषा किन ?

२९ जेष्ठ, काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नयाँ सवारी दर्तामा साउनबाट अनिवार्य भनिएपछि …

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिन…