SamwadKhabar logo

               

मधेश प्रदेश

आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण

देवराज रिजाल

देवराज रिजाल

आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण
भदौ १०, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १ पोखराबसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयमा जारी एक शिक्षक एक ल्यापटप वितरण अभियानका अन्तरगत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा रहेका १८ कक्षा शिक्षकका लागि अनलाइन सिकाई सहजीकरणका लागि ल्यापटप वितरण गरिएको प्रधानध्यापक विश्णुप्रसाद सापकोटाले बताउनु भएको छ । आज एक कार्यक्रमका विच विद्यालयले आफ्ना शिक्षक हरुका लागि डेलका आइफाइव र आइथ्रि प्रदान गरिएको हो । कोरोना कहरका समयमा भौतिक उपस्थितिमा पठाइ नभएपनि अनलाइन माध्यमबाट कक्षा संचालन भइरहेका छन् । अनलाइन कक्षा संचालनका लागि ल्यापटपको उपयोगिता रहने प्लस टुका संयोजक संजय पाण्डेले बताउनु भएको छ । उहाँले मोवाइलका माध्यमबाट अनलाइन कक्षा संचालन गर्दा हुने प्राविधिक समस्या समाधान हुने विस्वास व्यक्त गर्नु भएको छ । मोवाइलबाट हुने अनलाइन कक्षा संचालन हुने वाध्यता हटेको उहाँको भनाई छ । विद्यालयले आधुनिक शिक्षण प्रविधिबाट शिक्षण सिकाई गर्ने प्रयोजनका लागि स्वर्ण महोत्सवबाट सुरु गरिएको प्रविधिमैत्री शिक्षण सिकाई अन्तरगत एक शिक्षक एक ल्यापटप अभियान सुरु गरिएको प्रधानध्यापक सापकोटाले बताउनु भएको छ । उहाँका अनुसार आर्थिक बर्ष २०७४÷०७५मा शिक्षा विकास समन्वय इकाईबाट प्राप्त साढे ६ लाख र वाँकी विद्यालयको श्रोतबाट ८ वटा ल्यापटप, ८ वटा प्रोजेक्टर र स्मार्टबोर्ड खरिद गरिएको थियो । त्यस पस्चात भरतपुर महानगरले १ वटा ल्यापटप विद्यालयलाई प्रदान गरेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा नविनतम् प्रविधिको प्रवद्धन र प्रयोग शिर्षकमा ९ वटा ल्यापटप खरिद गरेर वितरण गरिएको हो । शिक्षकहरुको व्यक्तित्व, क्षमता र अनलाइन सिकाईका लागि प्रयोगमा ल्याउने उहाँको भनाई छ । विद्यालयका कार्यरत सवै शिक्षकका लागि ल्यापटप वितरणको लक्ष्य रहेको उहाँले बताउनुभएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्र बहादुर कुवंरले महानगर र संघ सस्था संग आवश्यक ल्यापटपका लागि सहकार्य गरिने बताउनुभएको छ । १५ सय ५५ विद्यार्थी रहेको विद्यालयमा पुर्णकालिन र आंशिक गरि ८२ शिक्षक कार्यरत छन् । विद्यालयले ल्यापटपको संरक्षण र प्रभावकारी संचालनका लागि कार्यविधि बनाएको छ । वि.स. २०२५ मा स्थापित विद्यालयमा अधिकांश गरिव विपन्न र आर्थिक आय स्तर कम भएका विद्यार्थी अध्ययन गर्छन । देवघाट, नारायणगढ, बसेनी र कविलास क्षेत्रका विद्यार्थी यहाँ पढ्न आउने गर्छन् । विद्यालयमा नसर्री देखि कक्षा १२ सम्म अध्यापन हुने गर्छ । साथै ३ वर्षे सिभिल इञ्जिनियर विषय अध्यापन हुने गरेको छ । विद्यालयमा कोरोनाको समयमा कक्षा १ देखि कक्षा १२ सम्मनै भर्चुअल माध्यमबाट पढाई संचालन भइरहेको छ ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

जेठ २५, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । श…