SamwadKhabar logo

               

गण्डकी प्रदेश

गैंडाकोटमा पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा नआउँदा यात्रुलाई असहज

देवराज रिजाल

देवराज रिजाल

गैंडाकोटमा पूर्व-पश्चिम राजमार्ग  सञ्चालनमा नआउँदा यात्रुलाई असहज
भदौ १३, काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैंडाकोटमा डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । गैंडाकोटको थुम्सि जङ्गलमा पर्ने २३ स्मृति नजिक बिहीबार राति ९ बजेबाट डाइभर्सन बगाएर अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग चार दिन हुँदासमेत दुईतर्फी रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । डाइभर्सन मर्मत गरेर शनिबार साँझ एकतर्फी रुपमा सवारी वारपार गराइएको थियो । तर, रातिदेखि परेको पानीले एकतर्फी सवारी सञ्चालनमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । पानी नरोकिदा डाइभर्सनमा राखेको गिट्टीमाटो हिलो भएर सवारी फस्दा झनै समस्या भएको सिंहले बताउनुभयो । ‘डाइभर्सन निर्माण गरेर एकतर्फी त सञ्चालन ग(यौँ तर , हिलो र दलदल भएका कारण त्यसैमा सवारी फस्दा निकाल्न झनै गाह्रो भएको छ । पानी रोकिएन भने दुईतफर्ती सञ्चालन गर्न अझै समय लाग्छ । ’ लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई समस्या भएको छ । जङ्गलको क्षेत्रमा सवारी रोकिँदा यात्रुहरूलाई झनै समस्या भएको छ । खाजा, खाना ,पानीको लागि सहज नहुँदा यात्रु समस्यामा परेका छन् । बिरामी बोकेका एम्बुलेन्स पनि अस्पताल समयमा पुग्न सक्ने अवस्था छैन ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…