SamwadKhabar logo

               

गण्डकी प्रदेश

पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

देवराज रिजाल

देवराज रिजाल

पोखरामा पहिरोले ३ जनाको मृत्यु, ५ घाइते
भदौ १७, काठमाडौं । पोखराका विभिन्न स्थानमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण श्रेष्ठको टिनको घरमा पहिरो खस्दा कृष्ण र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको छ । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार उनीहरुका नौ वर्षीय छोरा राजकुमारको टाउकोमा चोट लागेकाले उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेको छ । यसैगरी पोखरा–११ काहुँ भञ्ज्याङ नमुनाटोलस्थित लक्ष्य नेपालीको घरमा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते भएका ४२ वर्षीय लक्ष्य नेपालीलाई अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परिवारमा रहेका ५ जना मध्य श्रीमती र २ छोरा सकुशल छन् । यसैगरी पोखरा–११ काहुँ बसेरीस्थित एकदेव तिमिल्सिनाको ब्लकको घरमा पहिरो खस्दा एकदेवकी श्रीमती रितु र छोरा गिरिश घाइते भएका छन् ।  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…