SamwadKhabar logo

               

गण्डकी प्रदेश

‘स्वच्छ बुल्दी अभियान’ सुरु

देवराज रिजाल

देवराज रिजाल

‘स्वच्छ बुल्दी अभियान’ सुरु
असोज ४, काठमाडौँ । तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ सुरुआत भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्ट क्लब अफ दमौली र रोटरी क्लब दमौलीले सो अभियान सुरु गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिनुभयो । संविधान दिवसको अवसर पारेर क्लबले आइतबारदेखि उक्त अभियान शुभारम्भ गरेको हो । “संविधान जारी भएर हरेक नागरिकको हकअधिकार प्राप्त भए पनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसात् गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो सहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौँ ।” उहाँका अनुसार प्रत्येक महिनाको दुई शनिबार बुल्दी सफाइ अभियान सञ्चालन गरिनेछ । यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो । अभियान शुभारम्भको अवसरमा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण इ का सेनाले सहयोग पु¥याएका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

पोखरामा रास्वपा कार्यकर्ताहरुले गरे विरोध प्रदर्शन

पोखरामा रास्वपा कार्यकर्ताहरुले गरे विरोध प्रदर्शन

७ असोज, काठमाडौं । पोखराको शहीद चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताकार्यक…

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…