SamwadKhabar logo

               

अर्थ व्यवसाय

६ महिना पछि सर्वसाधारणका लागि खुल्दै, मुक्तिनाथ मन्दिर

देवराज रिजाल

देवराज रिजाल

६ महिना पछि सर्वसाधारणका लागि खुल्दै, मुक्तिनाथ मन्दिर
असोज ६, काठमाडौं । मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको हो । कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मुस्ताङ प्रवेश गर्नका लागि कोरोना परीक्षण गरेको पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश दिइने निर्णय भएको छ । साथै कोरोना खोप लगाएका कर्मचारी तथा सर्वसाधारणले सहज प्रवेश पाउने छन् । सरकारले सहर बजारका पार्टी प्यालेसदेखि विभिन्न प्रतिष्ठान र विद्यालय सम्म खोल्ने निर्णय गरे पछि मुस्ताङमा समेत कोभिड–१९ संकट व्यवस्थापन समितिले ६ महिनाबाट बन्द रहेको मन्दिर खुला गर्ने निर्णय गरेको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …