SamwadKhabar logo

               

विविध

द्रुत मार्गको सुरुङ, मोटर र आकाशे पुलको डिजाइन स्वीकृत भएको छ

देवराज रिजाल

देवराज रिजाल

द्रुत मार्गको सुरुङ, मोटर र आकाशे पुलको डिजाइन स्वीकृत भएको छ
२५ माघ, काठमाडौँ । तराई र मधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने निर्माणाधीन आकाशे पुल हाई ब्रिजको डिजाइन स्वीकृत भएको छ । नेपाली सेनाका अनुुसार द्रुत मार्गको प्याकेज १ र २ को पुलको डिजाइन तथा सुरुङ मार्ग कार्य सम्पन्न भई स्वीकृत भएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको छ । सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरेको सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले जनाएका छन् । द्रुत मार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ र यसमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३।३०० किलोमिटर छ । दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १।३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १।४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ । नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते सम्झौता गरेको थियो र सो कम्पनीले असारदेखि नै डिजाइनको काम सुरु गरेको थियो । सुरुङको प्याकेज–१ र प्याकेज–२ का लागि क्रमशः चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार छ महिनाभित्र डिजाइन कार्य सम्पन्न गर्नुपर्ने थियो । दुईवटै प्याकेजको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । द्रुत मार्गको सुरुङ तथा ‘हाई ब्रिज’ निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको सर्भे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ । प्रवक्ता सिलवालले सुरुङमार्ग तथा हाई ब्रिजको निर्माण सम्पन्न भएको एक वर्षसम्म डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) निर्माण कम्पनीकै हुने बताउनुभयो । ‘डीएलपी’को अवधिमा सुरुङ मार्ग र हाई ब्रिजको मर्मतसम्भारको  जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरे…

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

२१ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका ल…

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…