SamwadKhabar logo

समाचार

विद्युतीय मतदान (ई–भोटिङ) कहाँ कहाँ गर्न सकिने, क्षेत्र अध्ययन गर्दै निर्वाच आयोग

देवराज रिजाल

देवराज रिजाल

विद्युतीय मतदान (ई–भोटिङ) कहाँ कहाँ गर्न सकिने, क्षेत्र अध्ययन गर्दै निर्वाच आयोग
माघ २६, काठमाडौं । विद्युतीय भोटिङ मेसिनको प्रयोग आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा गरिने भएको छ । आयोगले २०७१ सालमा भएको उपनिर्वाचनमा पनि विद्युतीय मतदान गराएको थियो । त्यस्तै २०६४ साल काठमाडौं क्षेत्र नम्बर १ मा भएको चुनावमा पनि विद्युतीय मतदान भएको थियो । प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार कुनै क्षेत्र विशेषमा विद्युतीय मतदानको व्यवस्था मिलाउने तयारी आयोगले गरिरहेको छ। यसपटक पनि केही ठाउँमा विद्युतीय मतदान गर्ने योजनामा छौँ । कति क्षेत्रमा गर्न सकिन्छ, त्यसबारे अध्ययन भइरहेको पौडेलले बताए ।आजको बैठकमा सरकारकातर्फबाट विभिन्न मन्त्रालयमा आइटी क्षेत्रमा काम गरेका प्रतिनिधिका साथै अन्य विज्ञ र कम्पनीका प्रतिनिधिलाई बोलाइएको छ । आयोगले आफूहरूलाई दिउँसो १ बजे छलफलका लागि बोलाएको रामलक्ष्मण भोटिङ मेसिनका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिए । नेकपा एमालेले १०औँ महाधिवेशनमा विद्युतीय भोटिङको प्रयोग गरेको थियो भने गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा, त्यस्तै गैर आवासीय नेपाली संघको निर्वाचनमा पनि यसको प्रयोग गरिएको थियो । विद्युतीय भोटिङ मेसिनबाट मतदान गराएका कारण राप्रपा र एमालेको मत परिणाम निर्वाचन सकिएको केही घण्टामा नै सार्वजनिक हुन सकेको थियो । तर नेपाली कांग्रेसको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुँदा निर्वाचन परिणाम आउन निकै दिन लागेको थियो । आयोगले आगामी चुनावमा काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहमा विद्युतीय मतदान गर्ने गरी छलफल गरिरहेको छ । यी तीन जिल्लामा २१ वटा स्थानीय तह रहेका छन् । यदि यसरी गर्न सम्भव नभए महानगरपालिकाहरूमा मात्रै भए पनि विद्युतीय मेसिनको प्रयोग गर्ने योजनामा आयोग छ । विद्युतीय भोटिङको व्यवसाय सञ्चालन गरिरहेका रिमालले भने ३० वैशाखको चुनावसम्म यसको व्यवस्थापनका लागि समयको अभाव हुन सक्ने बताएका छन् । एक क्षेत्रमा सातवटा पदका लागि निर्वाचन गराउनु पर्ने हुन्छ । तर एउटै स्थानीय तहमा ३२वटा सम्म वडा हुँदा धेरै मेसिनहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।यस हिसाबले विद्युतीय मतदानका लागि समयमै प्रक्रिया अघि बढाउनु पर्ने रिमालले बताए । अबको ५ र ७ दिनमा निर्वाचन आयोगले विद्युतीय सम्भावना भएको क्षेत्र यो हो भनेर भन्न सक्यो भने हामीले तयारी गर्न सक्छौँ, रिमालले भने । स्थानीय तह निर्वाचन ऐनमा विद्युतीय मतदानसमेत गर्न सकिने प्रावधान छ । ऐनको दफा ३४ को उपदफा ५ मा मतदान गर्ने प्रयोजनका लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिएबमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नुपर्ने उल्लेख गरिएको छ ।प्रवक्ता पौडेलले बताए अनुुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विद्युतीय भोटिङको आधार तय गर्न कार्यदल पनि गठन गरेको छ । आर्थिक र प्राविधिक पक्षबारे अध्ययन गरेर एक सातामा आयोगलाई प्रतिवेदन दिनुपर्ने समयसीमा तोकिएको छ।    

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि