प्राङ्गरिक मलको गुणस्तर बढाउन किसानहरू गड्यौंलाको प्रयोग बढाउदैं
२७ माघ, काठमाडौँ । गँड्यौला मल प्राङ्गरिक अर्गानिक खेतीको लागि अति उत्तम मल हो । अहिले विभिन्न नामबाट प्राङ्गरिक र जैविक मल उत्पादन भएता पनि यस मलको प्रयोग कृषि क्षेत्रमा व्यापकरूपमा विस्तारै बढ्दै गएको देखिन्छ । कृषकहरूले धेरै पहिलेदेखि नै गँड्यौलालाई कृत्रिम तरिकाबाट पाल्ने र त्यसको उपयोग गरी गँड्यौला मल उत्पादन गर्ने काम गरिरहेका छन् । गँड्यौलाहरूलाई प्राङ्गारिक पदार्थहरू खुवाएर त्यसबाट विष्टाको रूपमा निकालिएको सडेगलेको कम्पोष्ट मलको समिश्रणलाई नै गँड्यौले मल भनिन्छ । गँड्यौलाहरू प्रशःत मात्रामा प्राङ्गारिक मल हालेको, ओसिलो, बाँझो वा खनजोत कम हुने र रासायनिक मल तथा विषादी प्रयोग नगरिएको माटोमा बढी पाइन्छन् ।
गँड्यौलाहरूलाई एण्डोजेईक र इपिजेइक गरी दुई भागमा विभाजन गर्न सकिन्छ । एण्डोजेईक प्रजातिका गँड्यौला जमिनको भित्रि भागमा पाईन्छ र माटो मात्र खाने गर्दछ । त्यसैले यो प्रजातीका गँड्यौला मल बनाउन प्रयोग हुँदैन । इपिजेइक प्रजातीका गँड्यौला जमिनको सतहमा बस्छन् र जैविक पदार्थ मात्र खान्छन् । त्यसैले यो प्रजातीको गँड्यौला मल बनाउन प्रयोग गरिन्छ ।
गँड्यौला मलमा पिएच ६.८, लवण ११.७, कुल नाईट्रोजन प्रतिशत, १.९४, नाईट्रेट नाईट्रोजन –पिपिएम ९२.२, फस्फोरस प्रतिशत ०.४७, पोटास प्रतिशत०.७, क्याल्सियम प्रतिशत ४.४, सोडियम प्रतिशत ०.०२, म्याग्नेसियम प्रतिशत ०.४६, आईरन पिपिएम ७५.६३
गँड्यौंलाको मल बनाउने तरिकाः
गँड्यौला मल उत्पादन गर्न सबभन्दा पहिले गँड्यौला पाल्नको लागि स्थानको व्यवस्था गर्नु पर्दछ । गँड्यौलालाई घरभित्र वा खुल्ला ठाँउ दुवैमा पाल्न सकिन्छ । घरभित्र गड्यौला पाल्दा कुनै पनी भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, वाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गर्न सकिन्छ ।
गँड्यौला पाल्ने भाँडा विभिन्न आकार प्रकार र क्षमताको भएतापनी भाडाको चौडाई र उचाई १–१ फिट भएको र पिधमा पानी पानी चुहिने व्यवस्था भएको हुनु पर्दछ । घर बाहिर खुल्ला ठाँउमा गँड्यौला पाल्दा छायाँ भएको ठाँउ वा छाना को व्यवस्था भएको ठाँउको प्रयोग गर्नु पर्दछ । व्यवसायिक रूपमा गँड्यौलाले मल उत्पादन गर्न पानीको निकास भएको करीब ३ फिट लम्वाई, २ फिट चौडाई र १।५ फिट उचाईको टयाङ्कीको व्यवस्था गर्नु पर्दछ ।
गँड्यौला पाल्ने भाडामा ओछ्यानको व्यवस्था गर्नु पर्दछ । ओछ्यान वा सोत्तरको लागि ३–४ इन्च जती बाक्लो जुट, पराल, नरिवलको जट्टा, सुतीको कपडा, काठको धुलो जस्ता वस्तुको प्रयोग गरी नरम आट्आन लगाई दिनु पर्दछ ।
४०ओछ्यान वा सोत्तर र गोवरलाई पानीले राम्ररी भिजाउनु पर्दछ । सुख्खा वा वढी पानी भएको ठाँउमा गँड्यौला बाँच्न सक्दैन ।यसरी बनाईएको आछ्यान वा सोत्तरमाथि एक हात उचाईसम्म जैविक फोहर हाल्नु पर्दछ ।
५०एक हात उचाईभन्दा बढी फोहर हाल्नु हुँदैन । बढी फोहर हाल्दा फोहर कुहिने क्रममा तापक्रम बढ्न गई गँड्यौला उक्त मलमा जान सक्दैन र मल बन्न ढिलो हुन्छ । गँड्यौलालाई जैविक फोहर हाल्नुभन्दा पहिले फोहरलाई केही दिन त्यसै बाहिर राखि अलिकति कुहाउने र पानीको मात्रा कम हुन दिई प्रयोग गर्दा गँड्यौला मर्ने खतरा कम हुन्छ । सबैभन्दा राम्रो जैविक फोहरलाई २ हप्ता जती कुहाएर फोहर गँड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।
गोबर अथवा पुरानो मल २–३ मुठी छर्की दिनु पर्दछ । गोवर शिशु गँड्यौलाको आहारा हो भने पुरानो मलकम भउको सुक्ष्म जिवाणुले फोहरलाई छिटो कुहाउन मद्धत गर्दछ ।
त्यसपछि भर्मिकल्चर प्रयोग गर्नुपर्छ । जुनमा १० फिल लम्बाई र १ हात उचाई भएको भर्मि कम्पोष्टको वेडमा ओसत ४०० देखि ५०० किलो फोहर हुन्छ । उक्त फोहरलाई ४०–५० दिनमा गँड्यौलालाई खुवाउनु छ भने करिब ५ किलो गँड्गौला चाहिन्छ । थोरै गँड्यौला भयो भने मल बन्न समय लाग्छ र धेरै गड्यौला भयो भने विशेष केही फाईदा हुन्छ ।
गँड्यौला राखि सकेपछि जुटको बोरा वा परालले छोप्ने व्यवस्था मिलाउनु पर्दछ । गँड्यौला छोडेपछि मसिनो गरी काटेको जैविक फोहरले करिब ४ इन्च बाक्लो गरी छोपी दिनु पर्दछ । गँड्यौलाले खाने काम वेडमा गर्दछ भने काष्टिङ्ग वेडको माथिल्लो सतहमा आएर गर्दछ । गँड्यौला अध्यारोमा मात्र बस्ने हुँदा प्रकाश छिरेमा वा उज्यालो भएमा बाहिर आउँदैन ।
तसर्थ भर्मि कल्चर गरेको भाँडा छोपीदिनाले गड्यौला त्यही फोहरमा रहेर लगातार खान पाउँछ र माथी आएर मल उत्पादन गर्दछ । अनुसन्धान अनुसार २।९ किलो जैविक फोहरबाट १ किलो मल उत्पादन हुन्छ ।
गँड्यौलाले फोहर खाएर दिसा गर्दछ त्यो दिसा नै गँड्यौले मल हो । सामान्यतया गँड्यौला पालेको ३–४ महिना पछि यस्तो मल संकलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ ।
गँड्यौला पालन गर्दा ध्यान दिनु पर्ने कुराहरूः
– अमिलो जातको फलफूल राख्नु हुँदैन
– कमिला ९रातो कमिला० गड्गौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा राख्नु हुँदैन ।
– मासु÷माछाजन्य खानेकुरा वा तिनबाट निस्केको फोहर प्रयोग गर्नु हुँदैन ।
– तेलजन्य खानेकुरा राख्नु हुँदैन ।
– फोहर फाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नु पर्दछ ।
– गँड्यौला धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाँउमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो हुने गरी फोहर राख्नु पर्दछ ।
– गँड्यौला १०–३२ डिग्री सेल्सियस भएको तापक्रममा मात्र वस्न सक्ने भएकोले तामक्रममा विशेष ख्याल राख्नु पर्दछ ।
– मुसा, छेपारो, कमिला, पाल्तु जनावरबाट गँड्यौलालाई बचाउनु पर्दछ ।
– गँड्यौला २०–६० ओसिलोपना भएको ठाउँमा वस्न मनपराउँछ ।
– कम्पोष्ट तयार पार्न राखिएका वस्तुहरू लचक्क भिजेको हुनु पर्दछ । हातले मुठी पारी निचोर्दा ३देखि ४ थोपा जती पानी झर्न सकोस् ।
– गँड्यौला कम्पोष्ट बनाउन आँसिक रूपमा पाकीसकेको वस्तुहरू प्रयोग गरिन्छ । खासगरी गोबरमल तथा हरियो घाँसपात प्रयोग गर्दा १०–१५ दिन कुहिन दिएर प्रयोग गर्नुपर्दछ ।
– ०।५ वर्ग मिटरको सामग्रीको लागि २ मुठी माटो राख्न राम्र्रो हुन्छ ।
– कम्पोष्ट थुप्रोको तापक्रम १५–२७ सेन्टीगे्रटको बीचमा हुनुपर्दछ ।
– गँड्यौला कम्पोष्ट बनाउने ठाउँमा घामपानी नपर्ने व्यवस्था मिलाउनुपर्दछ ।
गँड्यौला मल बिरूवाको आवश्यक खाद्यतत्वको राम्रो स्रोत हो । मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरूवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्छ । यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ । खेती र घरेलु फोहर वस्तुहरूबाट यो मल बनाईने हुदाँ वातावरणलाई स्वस्छ राख्न मद्धत पुग्दछ । नेपालमा प्राङ्गारिक मलको प्रयोग स्थित कमजोर अवस्थामा छ । रासायनिक मलको प्रयोगबाट समेत अपेक्षित उत्पादन भइरहेको छैन । त्यसैले प्राङ्गारिक मल उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरूकता पैदा गर्ने प्रयासमा लाग्नुपर्छ ।