SamwadKhabar logo

               

प्रेरक प्रसंग

फोन ढिलो चार्ज हुने समस्याबाट मुक्त हुन यी टिप्स अपनाउनुहोस्

देवराज रिजाल

देवराज रिजाल

फोन ढिलो चार्ज हुने समस्याबाट मुक्त हुन यी टिप्स अपनाउनुहोस्
१ फागुन, काठमाडौँ । फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्याट्री फुल नहुने समस्या तपाई, हामीले झेलिरहेका छौं । विभिन्न कारणले हाम्रो मोबाइल ढिलो चार्ज हुन्छ । चाहे नयाँ मोबाइल नै किन नहोस् । फोन एकैपटक चार्ज हुँदैन ढिलो हुन्छ । हाम्रो मोबाइलमा भएका वाइफाइ, ब्लुटुथ, जिपिएस, लोकेसनजस्ता कनेक्टिभ सेवाहरू एकैसाथ प्रयोग गर्दा अधिकांश ब्याट्री पावर यसैले खाने गर्दछ, जसले गर्दा ढिलो चार्ज हुने गर्दछ । साथै आफ्नो ल्यापटप र कम्प्युटरबाट पनि मोबाइल चार्ज गर्ने गर्दा मोबाइल ढिलो चार्ज हुन्छ । युनिभिर्सल चार्जर अथवा लोकल एडप्टरबाट मोबाइल चार्ज गर्दा पनि ढिलो चार्ज हुन्छ, साथै यसले ब्याट्रीलाई बिगार्न सक्ने सम्भावना बढी हुनुको साथै यस्तो खराब चार्जर वा एडप्टरबाट चार्ज गर्दा ब्याट्री फुल्ने समस्या पनि देखिन थाल्छ । चार्ज गरिरहेको बेलामा कल गर्ने, गीत सुन्ने अथवा नेट चलाउने जस्ता क्रियाकलापहरू गर्दा पनि ढिलो चार्ज हुने गर्दछ । यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि देखिएको छ । यी समस्याहरु झेल्न चाहनुुहुन्न भने यी टिप्स अपनाउन सकिन्छ । जुन यस प्रकारका छन् । १. फोनलाई ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नु पर्छ । अन्य ब्राण्डका चार्जरले फोनको चार्जिङ ढिलो हुन्छ। २. चार्ज गर्दा फोनलाई एरोप्लेन मोडमा राख्नुस् । यसो गर्दा फोन छिटो चार्ज हुन्छ । ३. फोन चार्ज गर्दा वाइफाइ र ब्लुटुथ कनेक्टिभिटी बन्द गर्नुहोस् । ४. फोनमा एनएफसी मोड अफ गर्नुहोस् । ५. फोनको ब्राइटनेस कम गर्नुहोस् । यसो गर्दा चार्ज छिटो हुन्छ । ६. चार्ज गर्दा मोवाइल डाटा अफ गर्नुहोस् । ७. बजारमा पाइने फास्ट चार्जरको प्रयोग पनि गर्न सकिन्छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

९ असोज, काठमाडौं । सुस्त श्रवण (बहिरा) को पीडा भोग्दै आउनुभएको सुधा गौतमको समाजमा …

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जेठ १३, काठमाडौं । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्क…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

पुष १०, काठमाडौं । गौशालाको स्तरोन्नतिका लागि गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापु…