SamwadKhabar logo

               

युवा

घरायसी वस्तुबाट अनुहारमा सँधै चमक ल्याउने तरिका

देवराज रिजाल

देवराज रिजाल

घरायसी वस्तुबाट अनुहारमा सँधै चमक ल्याउने तरिका
२ फागुन, २०७८ काठमाडाँै अनुहार फुस्रो हुने, चायाँ आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर हटाउनेजस्ता काम गर्दा चाया हटेर चमक आउँछ । मानिस जति नै सुन्दर भए पनि उसको अनुहारमा चमक छैन भने सुन्दरता फिक्का लाग्छ । त्यसकारणले सुन्दरताको लागि अनुहारमा चमक हुन आवश्यक छ । त्यसको लागि ब्युटिसियन हेनसन शाक्यले अनुहारको स्वास्थ्यका लागि केही घरायसी प्याक बनाउने र लगाउने तरिका सिकाएकी छिन् । १. एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस र आधा चम्चा गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ । तयार भएको प्याक रातिको समयमा लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ । २. दुई–तीन पत्ता कालो तुलसीलाई राम्रोसँग पिस्नुहोस् । यसमा दुई थोपा मह र तीन–चार थोपा कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् । प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ । ३.ठूलो एक चम्चा मुंग दालको पाउडर । सानो एक चम्चा दही, एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग र आधा चम्चा मह, एक चिम्टी बेसार, आधा भाग कागतीको रसलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् । तयार भएको प्याकलाई अनुहारमा लगाएर हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायाँ पीडितलाई निकै राहत मिल्छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…