SamwadKhabar logo

               

अर्थ व्यवसाय

नयाँ ब्याजदर सार्वजनिक कुन बैकको कति ?

देवराज रिजाल

देवराज रिजाल

नयाँ ब्याजदर सार्वजनिक कुन बैकको कति ?
१ फागुन काठमाडौँँ । २७ वाणिज्य बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले नयाँ महिनाका लागि प्रस्ताव गर्नुपर्ने निक्षेप र कर्जाको ब्याजदर महिनाको अघिल्लो दिन (मसान्तमा) नै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, यस पटक माघ महिनाको अन्तिम दिन अर्थात् माघ मसान्तका दिन सार्वजनिक बिदा परेकाले एक दिन ढिला गरी बैंकहरूले फागुन १ गते नै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।   गत शुक्रबार बसेको बैंक छाता संगठन नेपाल बैंकर्स संघ बैठकले गरेको भद्र सहमति अनुसार २७ वटै वाणिज्य बैंकहरूले निक्षेपमा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । अर्थात्, बैंकहरूले सामान्य बचतमा न्यूनतम ६।०३ प्रतिशतदेखि ९।५० प्रतिशत र मुद्दती निक्षेपमा अधिकतम ११।०३ प्रतिशत प्रस्ताव गरेका हुन् । यस्तो ब्याजदर अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म साधारण बचतमा ५ प्रतिशतदेखि ९ प्रतिशत र मुद्दती निक्षेपमा १०.०५ प्रतिशतसम्म प्रस्ताव गरिएको थियो । अघिल्लो महिनाको तुलनामा बैंकहरूले फागुन महिनाका लागि ८.८८ प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई आउँदो महिनाका लागि बितेको महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतसम्मले वृद्धि गर्न पाउने छुट छ । दुई–तीन महिनायता व्याप्त तरलता अभावबीच बैंकहरूले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर आफूखुसी निक्षेपमा ब्याजदर अफर गर्न थाले पनि सो कार्य नियन्त्रण गर्न राष्ट्र बैंकले एक महिनाका लागि अधिकतम १० प्रतिशतले ब्याजदरदर तलमाथि गर्न पाउने व्यवस्था गरिदिएको थियो । सोही व्यवस्था बमोजिम नै बैंकहरूले ब्याजदर वृद्धि गरेका हुन् । उसो त निक्षेपमा ब्याजदर वृद्धिको प्रभावस्वरुप यता कर्जाको ब्याजदरसमेत स्वतः बढेको छ । निक्षेपमै बैंकहरूले अधिकतम ११।०३ प्रतिशत ब्याजदर अफर गरेसँगै अब कर्जाको ब्याजदर १७–१८ प्रतिशतसम्म पुग्ने अवस्था बनेको छ । यद्यपि, यस्तो ब्याजदर बैंकहरूले अफर गर्ने आधारदर बेस रेट, कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर ९स्प्रेडदर० र सोमा बैंकले राख्ने नाफाको प्रतिशतमा भरपर्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …