SamwadKhabar logo

समाचार

भरतपुर आँखा अस्पताल भवनको सोमबार शिलान्यास

देवराज रिजाल

देवराज रिजाल

भरतपुर आँखा अस्पताल भवनको सोमबार शिलान्यास
२ फागुन, काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमार्फत भरतपुर आँखा अस्पतालको जनरल वाड, बालरोग कक्ष तथा शल्यक्रिया भवनको सोमबार शिलान्यास गरिएको छ । अस्पतालको उत्तरपश्चिमतर्फको खाली जग्गामा निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको हो । हाललाई उक्त भवन निर्माणको पहिलो चरणअन्तर्गतको कामको लागि चार करोड १२ लाख ५० हजार ५९३ रुपैयाँ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ । भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्नको लागि कुल १४ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बजेट अभाव भएका कारण हाललाई सुरुवात मात्रै गर्न खोजिएको नेत्र ज्योति संघका सभापति एवम् भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए । सोमबार शिलान्यास भएको भवनको केही दिनमा काम सुरु हुने उनले बताए । निर्माण थालेको ६ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुईँतलामा पेडियट्रिक वाड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा अपे्रशन थियटर सञ्चालन हुनेछ । भरतपुर आँखा अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आँखासम्बन्धी विभिन्न खालका समस्या लिएर आउने बिरामीलाई थप सेवा दिनुपने भएकोले सेवा सुविधा विस्तार गर्न आवश्यक संरचना निर्माण गर्नुपरेको उनको भनाइ छ । विसं। २०४४ सालमा स्थापना भएको अस्पताल अस्पतालमा हाल ६२ शøया सञ्चालनमा रहेको अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै थप एकसय शैया थप हुने अस्पतालका प्रशासक दयाशंकर चौधरीले जानकारी दिए । यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न पनि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । भरतपुरबाटै सर्वसुलभ रुपमा आँखाको सबै सेवा लिन सक्ने भए अन्य छिमेकी जिल्लाका सेवाग्राहीलाई पनि सहज हुने उनले बताए । हाल भरतपुर आँखा अस्पतालबाट मात्रै दैनिक पाँचसयदेखि छसय जनाले सेवा लिँदै आएका छन् । यस अस्पतालसहित विभिन्न स्थानमा तीन वटा आँखा अस्पताल र ११ वटा आँखा उपचार केन्द्र गरी १४ वटा स्थानबाट सेवा सञ्चालित छन् । ती सबै उपचार केन्द्रबाट दैनिक करिब सातसयदेखि आठसयसम्म सेवा लिँदै आएका छन् । अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गरी आँखाको नानी प्रत्यारोपणमा समेत काम गर्दै आएको छ । अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिइसकेका छन् । जीवित छँदै आँखा दान गरेकाहरुको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी संकलन गरेर आँखा आँखा प्रत्यारोपण गराउने गरेको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि