SamwadKhabar logo

               

संघीय खबर

देशभर ७ सय ८० ठाउँमा नयाँ चौकी स्थापना गर्न माग

संवाद खबर

संवाद खबर

देशभर  ७ सय ८० ठाउँमा नयाँ चौकी स्थापना गर्न माग
फागुन ५, काठमाडौँ । देशभरबाट नयाँ चौकी स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए । नयाँ चौकी स्थापनाका लागी दिनहुँ माग आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी विष्णु केसी । उनी भन्छन्– ‘दिनहुँ माग आउने गरेको छ तर, जनशक्ति अभावले गर्दा मागअनुसार स्थापना गर्न संभव भएको छैन् ।’ एकैदिनमा १० वटासम्म नयाँ चौकी स्थापनाको माग लिएर सरोकारवालाहरु प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा धाउने गरेका छन् । जिल्ला सुरक्षा समितिले गरेको सिफारिस अनुसार अहिले देशभर ७ सय ८० ठाउँमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । तिमध्ये केही ठाउँमा अस्थायी चौकी स्थापना भएका छन् । प्रदेश–१ मा सवैभन्दा धैरै नयाँ प्रहरी युनिट राख्न माग भएको छ । काठमाडौं उपत्यकामा मात्र १६ ठाउँमा नयाँ युनिट माग गरिएको छ । माग अनुसार नयाँ युनिट स्थापनाका लागी २३ हजार ३४२ प्रहरी आवश्यक हुने प्रहरी प्रधान कार्यालयको प्रक्षेपण छ । नयाँ युनिट स्थापनाका लागी प्रहरी प्रधान कार्यालयले तत्काल १० हजार दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । गृह सचिव टेक नारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ३ एआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । तर, सो ओएण्डएम प्रस्तावमा १० हजार दरबन्दी थप्ने प्रस्ताव नसमेटिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । अहिले ७९ हजार ५२३ भन्दा बढी जनशक्ति नेपाल प्रहरीसँग छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…