SamwadKhabar logo

समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान हुने

देवराज रिजाल

देवराज रिजाल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान हुने
६ फागुन, काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो । ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु सुखद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । “क्यालिबे्रसन उडानले ७० वर्षपछि मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको ढोका खुल्नेछ,” उहाँले भन्नुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीले सबै काम समयमै सम्पन्न भएमा बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो । क्यालिबे्रसन उडानपछि त्यससम्बन्धी विस्तृत प्रतिवेदन दुई महिनापछि आउनेछ । प्रतिवेदनले परीक्षण उडानका लागि योग्य भएको उल्लेख गरेमा त्यसपछि परीक्षण उडान हुने उहाँले बताउनुभयो । परीक्षण उडानपछि व्यावसायिक उडान हुनेछ । सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन । त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क (एडीबी)ले यसबाट अलग हुने निर्णय गरेको थियो । यद्यपि नेपाल सरकारले आयोजना सम्पन्न गर्ने प्रतिबद्धताका साथ काम अघि बढाएपछि आयोजनाले निरन्तरता पाएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यसको धावनमार्ग तीन किलोमिटर रहेको छ । पहिलो चरणमा कार्गो भवन निर्माण तथा विमानस्थल टर्मिनल भवन, एटीसीलगायतका काम सम्पन्न भएका छन् । यो टर्मिनलको वार्षिक २० लाखसम्म हवाई यात्रुलाई सेवा दिने क्षमता छ । विमानस्थलमा वाइड बडी जहाज अवतरण गर्न सक्छन् । काठमाडौँमा मौसमको खराबीका कारण अवतरण हुन नसकेको जहाज पनि यो विमानस्थलमा अवतरण गर्न सक्छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई उडान सेवा प्रदान गर्नु परिरहेको अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यसको विकल्पका रूपमा हेरिएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि