SamwadKhabar logo

समाज

‘क्यानोपी’ पर्यटनको अवधारणा सौराहामा

देवराज रिजाल

देवराज रिजाल

‘क्यानोपी’ पर्यटनको अवधारणा सौराहामा
८ फागुन, काठमाडौँ । चितवनको पर्यटकीय नगरी सौराहामा ‘क्यानोपी’ पर्यटनको अवधारणा अघि बढाइएको छ । सौराहाको निकटमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानोपी पर्यटकको अवधारणा बागमती प्रदेश सरकारले अघि बढाएको हो । सामुदायिक वनभित्रको कोर एरियामा झोलुङ्गे पुलको आकारमा क्यानोपी निर्माण गरिने छ र वनको बूढीराप्ती र राप्ती नदीको सँगम स्थलनजिक निर्माण हुने क्यानोपीबाट पर्यटकले वन्यजन्तु अवलोकन गर्न पाउनेछन् । क्यानोपी निर्माणको लागि प्रदेश सरकारले डिपिआर तयार गरिरहेको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सामुदायिक वनको पहलमा वातावरण तथा वन्यजन्तुमैत्री क्यानोपी निर्माण हुनेछ । तीन /चार महिनामा डिपिआर तयार गर्ने र अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याउने गरी अवधारणा अघि बढेको अध्यक्ष तामाङले बताए । सौराहाको पर्यटन वन्यजन्तुमा आधारित छ । पशु अधिकार र जनावरलाई दुःख दिन हुन्न भन्ने मानसिकताको विकाससँगै सौराहा आउने पर्यटकहरुले हात्ती सफारी गर्न छाडेका छन् । सौराहामा आउने कुल पर्यटकमध्ये २५ प्रतिशत पर्यटकले मात्र हात्ती सफारी गर्ने गरेको आकलन गर्न थालिएको छ । हात्ती सफारीको विकल्पका लागि नभई पर्यटकलाई नयाँ स्वाद दिन क्यानोपी वाकको अवधारणा ल्याइएको वनका अध्यक्ष तामाङले बताए ।२५ फिट अग्लो क्यानोपीको लम्बाइ एक किलोमिटर हुनेछ । बीचबीचमा पर्यटकलाई थकाइ मार्न छवटा प्राकृतिक मचान निर्माण हुनेछ । सिमलको रुखमा मान्छेले वन्यजन्तु देख्ने र वन्यजन्तुले मान्छेलाई नदेख्ने गरी मचान निर्माण हुनेछ । ‘नेपालमै पहिलोपटक क्यानोपी निर्माण हँुदैछ’, उनले भने, ‘यसले चितवनमा पर्यटक भित्र्याउन मद्दत गर्नेछ । छिमेकी मुलुक भारतसहित मलेसिया र युरोपियन मुलुकहरुमा क्यानोपी वाक सफल भएका छन् । नेपालमा पहिलोपटक चितवनमा यो सञ्चालनमा आउँदै छ । क्यानोपी वाकले सामुदायिक वनको आम्दानी बढ्नुका साथै चितवनको पर्यटन प्रवद्र्धनमा समेत सहयोग मिल्ने छ । ‘कोरोनासँग जुध्दै अघि बढेको सौराहालाई पुरानै लयमा फर्काउन नयाँनयाँ कार्यक्रम आवश्यक छ’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘सरकारसँग सहकार्य गरी घुमाँै सौराहा अभियान सञ्चालन गर्ने सोच बनाइएको छ ।’क्यानोपी वाक सौराहामा पर्यटक भित्र्याउने गतिलो माध्यम बन्न सक्ने भन्दै उनले यसलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । सौराहाको पर्यटन उद्योगलाई माथि उठाउन स्वदेशी तथा विदेशी पर्यटकले रूचाउने खालका गतिविधि सञ्चालन गर्न जरूरी देखिएको उनको भनाइ छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि