SamwadKhabar logo

               

विज्ञान प्रविधि

एलन मस्कको ‘ब्रेन चिप’ फर्मले जीवजन्तुमाथि हिंसा गरेको आरोप

संवाद खबर

संवाद खबर

एलन मस्कको ‘ब्रेन चिप’ फर्मले जीवजन्तुमाथि हिंसा गरेको आरोप
फागुन ९, बीबीसी । टेस्ला कम्पनीका मालिक एलन मस्कले स्थापना गरेको वैज्ञानिक फर्म न्युरालिंकले अहिले हाम्रो मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने डिभाइस निर्माण गरिरहेको छ । र यसमा उनले जनावरहरुमा परीक्षण गर्दा तिनीहरुप्रति कुनै क्रुरता नअपनाइएको दाबी गरेका छन् । अघिल्लो हप्ता मात्र अमेरिकी कृषि विभागले यो प्रविधिका लागि परीक्षण गर्न प्रयोग गरिएका जीवजन्तुहरुसँग यातनापूर्ण व्यवहार गरिएको भन्ने आरोप लगाएको थियो । यसपछि आफ्नो ब्गलमा न्युरालिंकले संलग्न सबै जीवजन्तुसँग सम्भव भएसम्मको मानवीय र नैतिकतापूर्ण व्यवहार गरिएको जनाएको छ । फर्मले यही वर्षको अन्त्यदेखि मान्छेमा ट्रायल सुरु गर्ने पनि बताएको छ । यसै आरोपको जवाफमा पोस्ट गरिएको सो ब्लगमा जीव कल्याणप्रति आफूहरु एकदमै संवेदनशील रुपमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ । यसमा लेखिएको छ, “हाम्रो मुख्य लक्ष्य भनेको जीवजन्तुको ख्याल राखिने किसिमले कार्यक्रमहरु डिजाइन गर्नु हो जसले तिनका आवश्यकताहरुलाई प्राथमिकतामा राख्नेछ र केबल मान्छे मात्रको सहजता हेर्दैन । त्यसैले यहाँ प्रयोग गरिने प्रत्येक जीवजन्तुबारे ध्यानपूर्वक प्लान गरिएको हुन्छ । हामीले यसमा वैज्ञानिक आविस्कार र जीवजन्तुहरुको नैतिक प्रयोगलाई सन्तुलित राखेरै सबै काम गरिरहेका छौँ । रिसर्चको सुरुवातमा न्युरालिंकले जीवजन्तु व्यवस्थापन सम्बन्धी डेभिस नेस्नल प्राइमेट रिसर्च सेन्टसँग सहकार्य गरिरहेको थियो तर पछि यसले वर्तमान स्तरमा सुधार ल्याउन बाँदरहरलाई राख्न आफ्नै स्थल निर्माण गरेको हो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…