SamwadKhabar logo

समाज

गुन्द्रुकको माग बढेपछि महिलाहरु गुन्द्रुक उत्पादनमा आकर्षित

देवराज रिजाल

देवराज रिजाल

गुन्द्रुकको माग बढेपछि महिलाहरु गुन्द्रुक उत्पादनमा आकर्षित
९ फागुन, काठमाडौँ । पाल्पा । यहाँका महिलाहरु गुन्द्रुक उत्पादनमा आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन । तानसेन नगरपालिका, पाल्पा छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । मासिक दुई तीन पटक छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक बजार लगेर बिक्री गर्नुहुन्छ । स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा रु पाँच÷सात हजार आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो प्रतिकिलो रु ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ ।नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ । छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक(सिन्की) सुकाइरहनुभएको छ । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उहाँले बताउनुभयो । बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ । सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि