SamwadKhabar logo

               

युवा

प्रकृति संरक्षणका क्रममा सेनामा ठूलो क्षति

देवराज रिजाल

देवराज रिजाल

प्रकृति संरक्षणका क्रममा सेनामा ठूलो क्षति
११ फागुन, काठमाडौं । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो । रसुवाको राम्चे होस् वा लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख हिमांशु थापाले जानकारी दिए । पछिल्लो समय चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी एक सैनिकको ज्यान गएको थियो । सेनाले चार दशकअघिदेखि प्रकृति संरक्षणको क्षेत्रमा तैनाथ भई सङ्कटापन्न जनावर तथा प्रकृति संरक्षणमा विशिष्ट योगदान पु¥याउँदै आएको छ । सेनाद्वारा वन्यजन्तु तथा प्रकृति संरक्षणमा गरिएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसासमेत हुँदै आएको छ । मुलुकका चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपुरी, सगरमाथा, बाँके, मकालुवरुण, शक्लाफाँटा र शे–फोक्सुण्डोसहित १२ निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्षण, ढोरपाटन शिकार आरक्षण तथा अन्नपूर्ण, कञ्चनजङ्गा, कृष्णसार, मनास्लु, अपिनाम्पा र गौरीशङ्कर संरक्षणमा सेना तैनाथ छ । ती क्षेत्रमा सेनाले हात्ती, डुङ्गा, पैदल, साइकल, मोटरसाइकल र सवारीसाधनबाट अहोरात्र गस्ती गर्दै आएको छ । देशका ३३ जिल्लामा फैलिएका १४ संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणमा हाल सेनाको आठ गण, सात गुल्म एक शिक्षालय समेतबाट गरी आठ हजार १९ जनशक्ति प्राकृतिक संरक्षणमा तैनाथ छन् । प्रकृति एवं वन्यजस्तु संरक्षणमा सेनाबाट विशिष्ट योगदान भएकै कारण लोपोन्मुख बाघ र गैँडाको सङ्ख्या १० वर्षको अवधिमा दोब्बर भएको तथ्याङ्ले पुष्टि गरेको छ । सेनाले दिएको तथ्याङ्कानुसार सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेकामा २०१८ को गणनामा २३५ पुगेको थियो । पछिल्लो समय सेना नेपालका हिमालको ओज कायम राख्न हिमाल सफाइ अभियानमा समेत जुटेको छ । यस वर्ष पनि सेनाले सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र मनास्लु हिमाल सफाइ अभियानलाई निरन्तता भएको छ । उक्त अभियान आगामी चैत २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा हिमाली क्षेत्रबाट ३५ टन फोहर सङ्कलन गरिने जानकारी दिइएको छ । रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…