SamwadKhabar logo

               

संघीय खबर

मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ
फागुन १२, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुदायको आज स्थलगत निरीक्षण गर्नु भएको छ । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूमि सम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लागिरहेको बताउनु भयो । उहाँले लामो समयदेखि व्यवस्थापन हुन नसकीरहेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरुको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने बताउनुु भयो । संविधानमा व्यवस्था भएअनुसार भूमिमहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस भनेर भूूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूमि आयोगहरु गठन गर्ने काम भइरहको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । कानुन, ऐन नियमहरु बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै मन्त्री श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि बताउनुभयो । मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भू–नियमावली निर्माणको काम सकेर मन्त्रीपरिषदमा लगिएको र त्यो छिटो पास होस भनेर आफु लागि रहेको पनि जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…