SamwadKhabar logo

समाज

स्थानीय निर्वाचनमा कर्मचारीलाई २० लाखको बीमा

देवराज रिजाल

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि कर्मचारी बीमा प्रक्रिया सुरु गरेको छ । एक लाख १० हजार ७१३ जना आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने कर्मचारीका लागि २० लाख बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको छ । फागुन १६ गतेभित्र आइपुग्ने गरी बीमा कारोबार गर्ने संस्थाबाट प्रस्ताव आह्वान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । निर्वाचनमा मतदान, मतगणना र अन्य प्राविधिक कार्यका लागि मात्रै करिब दुई लाख ५० हजार कर्मचारी नियुक्त हुनेछन् भने स्वयंसेवीले बीमाको सुविधा नपाउने भएका छन् । आयोगका प्रवक्ता पौडेलका अनुसार, आयोगका पदाधिकारी तथा केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीको हकमा १०४ दिनका लागि बीमा गर्नुपर्ने अवधि तय गरेको छ । तीनवटै संरचनाका करिब नौ सय कर्मचारीको बीमा गरिनेछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा खटिने कर्मचारीको जनही २० लाख रुपियाँको बीमा हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३६ ले आयोगले निर्वाचनको काममा संलग्न पदाधिकारी, कर्मचारी वा शिक्षकको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि बीमा गरिदिनुपर्ने उल्लेख छ । प्रवक्ता पौडेलले ‘सरकारी बीमा संस्थानमार्फत नै कर्मचारीको बीमा गर्न कानुनी अड्चन नरहे पनि स्पर्धी र खर्चमा मितव्ययी हुन सार्वजनिक रूपमा प्रस्ताव आह्वान गरिएको’ बताउनुुभयो ।आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खट्ने छ हजार ७७७ जना कर्मचारीका लागि ७० दिन, मतदान केन्द्रमा खट्ने ९४ हजार कर्मचारीका लागि १५ दिन र मतगणनामा खटिने नौ हजार ३६ जना कर्मचारीका लागि १० दिनका लागि बीमा गर्नुपर्नेछ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि