SamwadKhabar logo

               

प्रेरक प्रसंग

बोलेको कुरालाई जस्ताको तस्तै लेखनमा उतार्ने सजिलो तरिका

देवराज रिजाल

देवराज रिजाल

बोलेको कुरालाई जस्ताको तस्तै लेखनमा उतार्ने सजिलो तरिका
१२ फागुन, काठमाडौं । काठमाडौं । बोलिरहेको कुरालाई उत्तिखेरै जस्ताको तस्तै लेखनमा उतार्न एप स्टोर तथा प्ले स्टोरमा धेरै विकल्प छन् । तर, ती सबैजसो विकल्पका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । बोल्दा बोल्दै अथवा बोलेका कुरालाई कम्प्युटरमा सिधै ट्रान्सक्राइब अर्थात लेख्न सकिने टुल गुगलले पनि ल्याएको छ । त्यो पनि निःशुल्क । पैसा तिरेर प्रयोग गर्ने एपमा जस्तो धेरै फिचर नभएता पनि गुगलको ट्रान्सक्राइभ टुल पछिल्लो समय निकै चर्चामा रहेको छ । त्यसैले यहाँ हामी तपाईंलाई उक्त टुलको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । गुगलले यो टुल गुगल डक्समा उपलब्ध गराएको छ । जसमार्फत तपाईं कुनै पनि भिडियो, अडियो अथवा लाईभ कन्फ्रेन्समा हुने कुराकानीलाई ट्रान्सक्राइब गर्न सक्नुहुनेछ । उक्त टुल प्रयोग गर्न यस्तो प्रक्रिया अपनाउनु पर्नेछ १। सुरुमा गुगल डक्स खोल्नुहोस् । २। त्यहाँ रहेको ‘tool’ भन्ने अप्सनमा गएर ‘voice typing’ मा क्लिक गर्नुहोस् । ३। त्यहाँ विभिन्न भाषाको विकल्प रहेको हुन्छ । त्यसमध्ये नेपाली, अंग्रेजी कुन भाषामा ट्रान्सक्राइब गर्न चाहनुहुन्छ, छनोट गर्नुहोस् । ४। यदि त्यहाँ देखाइएको अप्सनमा तपाईंले प्रयोग गर्ने भाषा नभएको खण्डमा त्यसको सँगै रहेको ‘माइक्रोफोन’ आईनमा क्लिक गर्नुहोस र त्यहाँबाट भाषा छनोट गर्नुहोस । ५। यति गरेसँगै अब तपाईंले रकर्ड गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईंले तल रहेको रेकर्डरको आइकनमा क्लिक गर्नुहोस । त्यहाँ क्लिक गर्दा उक्त माइक्रोफोनको आइकन रातो हुनेछ । नोटः तपाईंले ट्रान्सक्राइब सुरु गरेपछि गुगल डक्स छोड्न पाउनु हुने छैन । यदि तपाईंले गुगल डक्सको फाइल बन्द गरेर अन्त गएको खण्डमा तपाईंको ट्रान्सक्राइब रोकिने छ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

९ असोज, काठमाडौं । सुस्त श्रवण (बहिरा) को पीडा भोग्दै आउनुभएको सुधा गौतमको समाजमा …

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जेठ १३, काठमाडौं । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्क…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

पुष १०, काठमाडौं । गौशालाको स्तरोन्नतिका लागि गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापु…