SamwadKhabar logo

               

राजनीति

राष्ट्रिय राजनीतिमा नयाँ धुव्रीकरणको सम्भावनाः एमाले उपाध्यक्ष थापा

संवाद खबर

संवाद खबर

राष्ट्रिय राजनीतिमा नयाँ धुव्रीकरणको सम्भावनाः एमाले उपाध्यक्ष थापा
फागुन १५, सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताएका छन् । सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण देखापर्ने बताएका हुन्। नेता थापाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको स्पष्ट पारे। “जबसम्म एमालेको माग पूरा हुँदैन, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन”, उनले भने, “यदि सरकारलाई एमालेको सहयोग चाहिएको हो भने पहिले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउनुप¥यो ।” उपाध्यक्ष थापाले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी गरे । प्रशिक्षण कार्यक्रममा उनले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललगायतले स्थानीय तहको निर्वाचन तयारी केन्द्रित मन्तव्य व्यक्त गरेका थिए । दुईदिने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीको सहभागिता रहेको छ ।

ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…