SamwadKhabar logo

               

समाचार

चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’मा यसरी रुपान्तरित गर्दै

देवराज रिजाल

देवराज रिजाल

चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’मा यसरी रुपान्तरित गर्दै
१६फागुन, काठमाडौं । तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ । हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ । यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस÷जिआइएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरवासीले ‘अनलाइन’ सेवा उपयोग गर्न पाउने जनाइएको छ । नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “जिपिएसरजिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन् ।” यसरी बन्दैछ नगर ‘प्रोफाइल’ नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ । अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन् । नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो, “नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याबमार्फत सूचना सङ्कलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ ।” उहाँका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ । व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन् । यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ । घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन् । नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ । टोल टोलमा डिजिटल बोर्ड रहने छन् । यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । अनलाइनमार्फत सेवा प्रवाह हुनेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ । अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त रु भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भन्नुभयो, “नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ । यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ ।” नगर प्रमुख गिरीले भन्नुभयो, “सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस÷जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ । यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नैछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौँ ।” नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उहाँको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ । विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । स्वदेशी सीप र ज्ञान ‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेका छ । सो टिममा डा केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी हुनुहुन्छ । प्राविधिक कुँवरले भन्नुभयो, “यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ । यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ । नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पु¥यााउँछ । नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ ।” उहाँका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ । “नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौँ । नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौँ ।” सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भन्नुभयो । काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ । रासस

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…