फागुन २०, काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विश्वेश्वरप्रसाद कोईराला (बीपी) को जीवनीमा आधारित वृत्तचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । नेपाल र भारतका विभिन्न स्थानमा पुगेर छायाँकन गरेपछि सम्पादनको काम मात्र बाँकी रहेको बीपी संग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिनुभयो ।
विराटनगर गोग्राह स्थित कोईराला निवासबाट छायाँकनको यात्रा सुरु भएर राजनीतिक कालखण्डमा परिवर्तनका लागि खेप्नुपरेको जेल जीवनको कष्टकारपूर्ण यात्राका साथै विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण हुन लागेको संग्राहलयका अध्यक्ष पोखलले बताउनुभयो ।
[caption id="attachment_56072" align="alignnone" width="1024"]
बीपीका पिता जी कृष्णप्रसाद कोइरालाले स्थापना गरेको पहिलो समुदायिक विद्यालय श्री आर्दश विद्यालय विराटनगरमा स्थानीयहरु सहित वृत्तचित्र निर्माण टोली[/caption]
छायाँकनका क्रममा वीपीको जन्मस्थान, अध्ययनरत ठाउँ, पारिवारिक वातावारणदेखि राजनीतिक, सामाजिक तथा प्रशासनिक घटना परिघटना र परिवर्तनका लागि झेल्नुपरेको संघर्षका बारेमा वृत्तचित्र निर्माणका लागि नेपाली भूमि र भारतका विभिन्न भूमिमा पुगेर छायाँकन तथा उनको इतिहासकालीन दस्तावेज तयार पार्दै फर्किएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
बीपिको वृत्तचित्र निर्माणबारे भारतीय मिडियामा स्थान
वृत्तचित्र निर्माणको कार्यलाई भातीय सञ्चार माध्यममा पनि स्थान पाएको छ । भारतका लोकप्रिय दैनिक अखबार हिन्दुस्तान टाईम्स पनि समाचार प्रकाशन गरेको छ । संग्रहालयका अध्यक्ष पोखरेलकै नेतृत्वमा भारतका विभिन्न स्थानहरु पटना विहार, झारखन्ड, बनारस लगायतको छायाँकनपछि डकुमेन्ट्री निर्माणको अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता समेत रहेका बीपीको जीवनकालमा प्रजातन्त्र प्राप्तीका लागि मजदुर आन्दोलनको नेतृत्व गरेको मुलुकै ठूलो औद्योगिक क्षेत्र विराटनगर जुट मिल, रंगेली, सिन्धुली र छिमेकी मुलुक भारतका फारबिसगञ्ज, कोइराला परिवारले निकै कष्टकार जीवन बिताएका ठाउँ टेडी सुपौल भारत लगायत विभिन्न स्थानमा छायाँकन सकिएको निर्माण टोलीले जनाएको छ ।
[caption id="attachment_56073" align="alignnone" width="1024"]
बीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेल अनुगमनका क्रममा विराटनगर जुट मिलका कर्मचारीहरुसंग[/caption]
बीपीले नेपालमा राणा शासनको अन्त्य गर्न सैनिक शासन सुरु गरेर बहुदलिय प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान पु¥याएका थिए । उक्त वृत्तचित्रमा तिनै कोइराला काठमाडौँको सुन्दरीजलमा जेल जीवन बिताएको र नेपाली जनताको सपना पूरा गर्न सफल भएका व्यक्तित्व विशेष प्रेरणादायी जीवनी चित्रण हुने परिकल्पनाकार एवम् संग्राहलयका अध्यक्ष पोखरेलको भनाई छ । कोइरालाको जीवनीमा आधारीत वृत्तचित्रले नेपाली काँग्रेस र सिंगो नेपाली समुदायलाई परिवर्तनको शक्तिलाई पुनः नविकरण गरिने दावी गर्नुभएको छ ।
[caption id="attachment_56074" align="alignnone" width="2560"]
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला[/caption]
छायाँकनकै क्रममा कोइराला निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासंग समसामयिक विषयबस्तुमा समेत छलफल गरिएको थियो । छलफलमा डा. कोइरालाले बिपीले परिवर्तनका लागि गरिएको त्याग र योगदानबारे चर्चा गर्दै वृत्तचित्रले मानव अधिकारको रक्षा एवम् राजनीतिक इतिहासलाई सम्मान गरिने बताए । संग्रहालयका अध्यक्ष पोखरेलकै नेतृत्वमा भारतका विभिन्न स्थानहरु पटना विहार, झारखन्ड, बनारस लगायतको छायाँकनपछि डकुमेन्ट्री निर्माण भएको छ ।
बागमति प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भईरहेको वृत्तचित्रको जिम्मा भ्वाईस अफ डेभलपमेन्ट प्रा.लि.ले पाएको छ । कोरोनाको लहरसंगै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै छायाँकन भईरहेको निर्माण टोलीले बताएको छ । सन्देश घिमिरे र गोविन्द भुजेलको छायाँकन रहेको सो वृत्तचित्रलाई निकै पुरानो कलाकार एवम् चलचित्र निर्मता शुशील पोखरेलले निर्देशन गरेका छन् ।