SamwadKhabar logo

               

संघीय खबर

बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

संवाद खबर

संवाद खबर

बेनी–जोमसोम सडक आजदेखि दैनिक पाँच घण्टा बन्द
फागुन २३, गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीरलगायत स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ देखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको उनले बताए । कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडकमार्गबाट जोड्ने एक मात्र सडक हो । यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक चार घण्टा उक्त सडक बन्द गरिएको थियो । “फागुन २३ देखि चैत १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर घाँसा, काभ्रेभीरलगायत स्थानमा कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका सवारीसाधन अवरुद्ध हुनेछन्,” उनले भने, “आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिनेछ ।” रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…