SamwadKhabar logo

समाचार

स्थानीय तह २०७९ निर्वाचन निर्देशिका बन्दै

देवराज रिजाल

देवराज रिजाल

स्थानीय तह २०७९ निर्वाचन निर्देशिका बन्दै
  २४ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन, २०७९ का लागि १४ वटा निर्देशिका आवश्यक हुने बताउनुभयो । आयोगका अनुसार जनशक्ति व्यवस्थापन, निर्वाचन मतदान, मतगणना, आर्थिक व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, मतदाता शिक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, निर्वाचन विवाद ९सुनुवाइ तथा निरुपण०, कसुर तथा सजाय, सञ्चारमाध्यम अनुगमनसहितका निर्देशिका निर्वाचन प्रयोजनका लागि आवश्यक पर्नेछ । आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दै छ । सहायक प्रवक्ता अर्यालले भन्नुभयो, “शून्यबाट कुनै पनि निर्देशिकाको मस्यौदा गर्नु परेको छैन, विद्यमान निर्देशिकालाई समयसापेक्ष आयोगको आवश्यकताबमोजिम परिमार्जन र संशोधन गरिँदै छ । ” हालसम्म जनशक्ति व्यवस्थापन निर्देशिका र आर्थिक व्यवस्थापन निर्देशिका स्वीकृत भइसकेको छ । सहायक प्रवक्ता अर्यालले भन्नुभयो, “आर्थिक व्यवस्थापनमा अर्थ मन्त्रालय र आचारसंहिता निर्देशिकामा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति आवश्यक पर्छ, अन्य मस्यौदा भने आयोग आफैँले सम्पूर्ण प्रक्रिया अपनाएर स्वीकृत गर्नेछ । ” आचारसंहिताको मस्यौदा भने कानुन मन्त्रालयबाट सम्पादन भएर आयोगमा फर्काइएको र छिट्टै स्वीकृत हुने अर्यालले बताउनुभयो । हालसम्म जनशक्ति र आर्थिक व्यवस्थापन गरी दुईवटा मस्यौदा स्वीकृत भएरनिर्देशिकाका रूपमा प्रयोगमा आइसकेको छ ।आयोगले स्वीकृत निर्वाचन कार्यतालिका पछ्याउँदै जाँदा निर्देशिकाबमोजिम कार्यक्रम अगाडि बढाउनेछ । उहाँले आर्थिक व्यवस्थापन, सुरक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, अनुगमन र पर्यवेक्षण, मतदाता शिक्षालगायतका निर्देशिका तत्काल आवश्यक पर्ने बताउनुभयो । आचारसंहिता लागू भएपछि मात्रै मतदान, मतगणना, सञ्चारमाध्यम अनुगमन, निर्वाचन विवाद, कसुर तथा सजायलगायतका निर्देशिकाबमोजिम कार्य सम्पादन हुने सहायक प्रवक्ता अर्यालले थप्नुभयो । मतदान हुने मिति नजिकिँदै जाँदा आयोगले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ तर कार्यविधि बनिसकेको छैन । मतदाता शिक्षाका लागि आवश्यक सन्देशमूलक सामग्री भने सङ्कलनका क्रममा रहेको छ । मतदाता शिक्षा सञ्चालनपूर्व नै निर्देशिकालाई अन्तिम रूप दिनुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी निर्वाचन पर्यवेक्षण र अनुगमनका लागि तत्कालै सम्बन्धित संस्थाहरूबाट निवेदन आह्वान गरिने हुँदा कार्यविधि आवश्यक हुनेछ । सुरक्षाको दृष्टिले मतदानस्थलको वर्गीकरण गर्न योजना बनाउनुपर्ने हुँदा निर्वाचन सुरक्षा निर्देशिका तत्काल नै आवश्यक पर्नेछ । आयोगका पदाधिकारीले चैत्त पहिलो साता नै सुरक्षा सम्बन्धमा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयसँग छलफल गर्ने तयारी गरेको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगसमक्ष अब ६७ दिन मात्रै बाँकी छ । आयोगले चैत तेस्रो सातादेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि