SamwadKhabar logo

समाचार

चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा

देवराज रिजाल

देवराज रिजाल

चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा
२५ फागुन, काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पु¥याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए । नगरप्रमुख मिश्रले भने, “कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पु¥याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।” स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै सङ्घीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए । त्यस अवसरमा नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामाकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए । कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्राण्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको बताए । रासस

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि