SamwadKhabar logo

समाचार

पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु : सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु

संवाद खबर

संवाद खबर

पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु : सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु
फागुन २५, लमजुङ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ९कर्फ्यु० जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा–१० मा अध्ययनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मंगलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । सो क्षेत्रमा स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नम्बर–९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोक समेत चार किल्ला क्षेत्रमा कर्फ्यु जारी जारी गरिएको छ । श्रेष्ठ सो विद्यालयको छात्रबासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्र मंगलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो । त्यसैगरी, मंगलबार साँझ सडकको नाली निर्माण गर्ने क्रममा सुन्दरबजार–९ मा माटोले पुरिएर मकवानपुरको मनहरि गाउँपालिका–२ का ४० वर्षीय सुरेश स्यान्त्याङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही क्रममा काम गर्दै गरेका अर्का ३१ वर्षीय सूर्जे स्यान्त्याङ घाइते भएको प्रहरीले जनाएको छ । दुवैजना सोही स्थानमा नाली निर्माणका लागि काम गर्दैगर्दा अचानक माटो खसेर पुरिएको र प्रहरीले उद्धार गरे पनि सुरेशको भने मृत्यु भएको जनाइएको छ । रासस  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि