SamwadKhabar logo

तीर्थ परिचय

तातोपानी कुण्डमा दैनिक ३०० भन्दा बढी बिरामीले डुबेर गर्दै प्राकृतिक उपचार

देवराज रिजाल

देवराज रिजाल

तातोपानी कुण्डमा दैनिक ३०० भन्दा बढी बिरामीले डुबेर गर्दै प्राकृतिक उपचार
२५ फागुन, काठमाडौँ । प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक ३००भन्दा बढी बिरामीले डुबेर उपचार गराइरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । कोरोनाको महामारीका कारण यसअघि बन्द गरिएको कुण्ड सङ्क्रमण घट्दै गएपछि यही फागुन महिनाको पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कुण्डमा दैनिक २०० महिला र १००पुरुष ले नियमित स्नान गरिरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नेगरी कुण्डमा नुहाउनका लागि बिरामीलाई अनुमति दिइएको अध्यक्ष अध्यक्ष शाक्यको भनाइ थियोे । तातोपानी कुण्डमा नुहाउने बिरामीको सङ्ख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका ४ः३० बजेसम्म दुई–दुई घण्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरका दुई वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको जनाइएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै भएपछि उनीहरुलाई पनि दुई चरणमा नुहाउने गरी समय तालिका बनाइएको अध्यक्ष शाक्यले बताउनुभयो । अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मी जिल्लाबाट आएका बिरामीले दैनिकजसो स्नान गरिरहेका छन् । कुण्डमा आउने अधिकांश बिरामी एक हप्तासम्म तातोपानीमै बसेर नुहाउने गर्दछन् । कुण्डभित्र मुख्य पोखरीमा नुहाउनका लागि प्रतिव्यक्ति रु ३५० टिकटको व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति रु १०० को टिकट लिनुपर्छ । एकपटक टिकट लिएपछि कुण्डभित्र सात दिन र बाहिरको पोखरीमा दुई घण्टा स्नान गर्न पाइन्छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रहिआएको छ । कुण्डका मुख्य पोखरीसहित बाहिरका दुईवटा पोखरी, तीनवटा बाथटप र धारामा नुहाउन पाइन्छ ।

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …