SamwadKhabar logo

               

राजनीति

भारतका पाँच राज्यहरुको विधानसभा निर्वाचनमा तीन ओटामा भाजपा र पञ्जाबमा आम आदमीको विजय निश्चित

देवराज रिजाल

देवराज रिजाल

भारतका पाँच राज्यहरुको विधानसभा निर्वाचनमा तीन ओटामा भाजपा र पञ्जाबमा आम आदमीको विजय निश्चित
२६ फागुन, काठमाडौं । नयाँ दिल्ली। भारतका पाँच राज्यहरुमा भएका विधानसभा निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत ल्याउने देखिएको छ। पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ। त्यस्तै, गोवामा पनि भाजपाको अग्रता छ। यी प्रदेशमा आफ्नो विजय निश्चित देखिएको भन्दै पन्जावमा आम आदमी र अन्य प्रदेशहरुमा भाजपाले विजयोत्सव मनाउन थालेका छन्। सहज अन्तरले अगाडि रहेको उत्तर प्रदेशको नतिजाले भने सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा भाजपाका लागि धेरै अर्थ राख्ने जनाइएको छ। सार्वजनिक भइरहेका नतिजाले देशकै पुरानो पार्टी पाँचै राज्यमा लज्जास्पद पराजय चाख्ने देखिएको छ । भाजपाका तर्फबाट नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि कंग्रेसले निरन्तर पराजय चाखेको विश्लेषकहरुको टिप्पणी छ। कठिन प्रतिष्प्रर्धा गरेको कंग्रेसले गोवामा प्रष्ट बहुमत नल्याउने प्रारम्भिक रुझानले देखाएको छ। ४० सीट रहेको गोवाआमा पछिल्लो रुझानमा भाजपा १८ र कंग्रेसको ११ सिटमा अग्रता छ । त्यस्तै क्षत्रीय पार्टी त्रिणमूल कंग्रेस ४ र आम आद्मी पार्टी ३ सिटमा अगाडि देखिएका छन्। मतगणना जारी भइरहँदा ४०३ सिट रहेको उत्तर प्रदेशमा २६७ सिटसहित भाजपा अगाडि छ भने समाजवादी पार्टीले १२४ सिटमा अग्रता कायम गरेको छ। त्यस्तै, कंग्रेस ४ सिटमा अगाडि छ । त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ। पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ। कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…