SamwadKhabar logo

               

राजनीति

युपी र उत्तराखण्डमा भाजपाको बहुमत , योगि आदित्यनाथ बने मुख्यमन्त्री

देवराज रिजाल

देवराज रिजाल

युपी र उत्तराखण्डमा भाजपाको बहुमत , योगि आदित्यनाथ बने मुख्यमन्त्री
  २७ फागुन, काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो।निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए। तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन्। दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट मुख्यमन्त्री थिए। प्राप्त मतपरिणामअनुसार दुबै प्रदेशमा भाजपाले पुनस् बहुमत हासिल गरे पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुस्कर सिंह धामी पराजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुर्ख्यौली थलो नेपाल भएका र नेपालमा थुप्रै नातासम्बन्ध भएका धामी भाजपाबाट खटिमा क्षेत्रमा चुनाव लडेका थिए। उनलाई उत्तराखण्ड कंग्रेसका अध्यक्ष भुवन कापडीले पराजित गरेका हुन्। कुल खसेको ९१ हजार ३२५ मतमध्ये विजयी भएका कपाडीले ४७ हजार ६२६ मत प्राप्त गरे। ४० हजार ६७५ मत पाएका धामी झण्डै ७ हजार मतअन्तरले पराजित भए। उत्तराखण्डमा भाजपाले ७० मध्ये ४७ सिटमा अग्रता लिएको छ। भारतीय सञ्चारमाध्यमकाअनुसार गोरखपुरबाट चुनाव लडेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भने भारी मतले विजयी भएका छन्। उनी आफूमात्रै विजय भएनन्। पार्टीको स्पष्ट बहुमत पनि सुनिश्चित गरेका छन्। पहिलोपटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका योगीले कीर्तिमानी जीत हासिल गरेका छन्। गोरखपुर सीटमा ५४ हजार ८५८ को फराकिलो अन्तरले जितेका योगीले ८५ हजार ३५६ मत प्राप्त गरे।प्रतिद्वन्द्वी समाजवादी पार्टीकी उम्मेदवार सुभवती शुक्लाले ३० हजार ४९८ मत पाइन्। आजाद समाज पार्टीका प्रमुख चन्द्रशेखर आजादले मात्र ४ हजार ५०१ मत प्राप्त गरे। व्यक्तिगत मतपरिणामले मात्रै होइन योगीले उत्तर प्रदेशमा एउटै पार्टी दुई कार्यकाल लगातार सरकार सञ्चालन गर्ने कीर्तिमान कायम गरेका छन्। उत्तरप्रदेशको इतिहासमा कुनै पनि पार्टीले दोहोर्‍याएर सत्ता चलाएको उदाहरण छैन।यस हिसाबले मत परिणामको फराकिलो अग्रता र दोस्रो कार्यकालका लागि सत्ता सञ्चालन गर्ने कीर्तिमान योगीले कायम गरेका छन्।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…