SamwadKhabar logo

समाचार

हराएकी नावालिका प्रहरीद्वारा अभिभावकको जिम्मा

देवराज रिजाल

देवराज रिजाल

हराएकी नावालिका प्रहरीद्वारा अभिभावकको जिम्मा
२९ फागनु, काठमाडौँ । भोटेबहालस्थित रहेको बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत नावालिका घर फर्कने क्रममा हराएकोमा प्रहरीद्वारा खोजतलास गर्दा चन्द्रागिरीबाट फेला पारी अभिभावकको जिम्मा लगाइएको छ । मिति २०७८।११।२७ गते काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं. २३ भोटेबहाल लगनस्थित रहेको भएको बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत नाबालिकाहरू दिपिका श्रेष्‍ठ र श्रीलेखा सामन्त स्कुलबाट घर नआई सम्पर्कबिहिन भएकोले खोजतलास गरी पाऊँ भनी निज नाबालिकाहरुको अभिभावकले मितिको १७ः२० बजेको समयमा महानगरीय प्रहरी बृत्त, जनसेवा काठमाण्डौमा जानकारी गराएका थिए । तत्कालै उक्त कार्यालयबाट प्रहरी नायव उपरीक्षकसमेतको प्रहरी टोली निज नाबालिका द्वयको खोजी कार्यमा परिचालित भएको । साथै मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाण्डौस्थित सम्पूर्ण प्रहरी कार्यालयहरु र बाहिर जानसक्ने सम्पूर्ण नाकाहरुमा तस्बिरसहित कडा चेकजाँचको ब्यवस्था मिलार्इ मितिको २०ः०० बजेको समयमा महानगरीय प्रहरी बृत्त थानकोटबाट परिचालित प्रहरी टोलीद्वारा निज नाबालिकाहरुलाई का.जि. थानकोटस्थित चन्द्रागिरी जाने सडकखण्डमा फेला पारी उक्त कार्यालयमा लगी खानासमेत खुवाइएको प्रहरीले जनाएको छ । सोही समयमा निजहरुको अभिभावकहरु दीपक श्रेष्‍ठ र सुदिप सामन्तसँग सम्पर्क स्थापित गराउँदा आफ्नो हराएका छोरीहरु हुन भनी भनेकाले महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले अभिभावकहरुलाई सँग साथ लिई थानकोट गई नाबालिकाद्वयलाई थानकोटबाट जनसेवा ल्याई अं. २१ः५५ बजे अभिभावकको जिम्मा लगाइएको छ। घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान भई रहेको छ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि