SamwadKhabar logo

               

राजनीति

काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत

संवाद खबर

संवाद खबर

काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत
फागुन ३०, काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले ४४ जिल्लामा सभापति जित्दा शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । यस पटकको अधिवेशनमा काँग्रेसभित्र परम्परागत गुटहरु भत्किए भने नयाँ समूह बनेकोथियो । सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुबै पक्षले कतिपय जिल्लामा एउटै उम्मेदवार बनाउन नसक्दा आपसमै प्रतिष्पर्धा भएकोथियो । गत मंसिरमा १४ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको काँग्रेसले महाधिवेशन अगाडि ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेकोथियो । बाँकी १६ जिल्लाका अधिवेशन भने हालै सकाएको हो । ६१ जिल्ला अधिवेशन सम्पन्न गर्दा देउवा र रामचन्द्र पौडेल पक्ष बनेर देशभर प्रतिष्पर्धा गरेका काँग्रेसीहरु महाधिवेशनमा देउवासँग कोइराला भिडेपछि बाँकी जिल्लामा देउवा–कोइराला पक्ष बनेर मैदानमा उत्रिएकाथिए । महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई सघाउँदा उम्मेदवारी नपाएपछि पौडेल मौन बस्नुभएको थियो । पहिलो चरणमा देउवा, कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहबीच सभापतिमा प्रतिष्पर्धा भएकोथियो । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिष्पर्धा हुँदा निधि र सिंहले देउवालाई समर्थन गरेकाले उहाँ विजयी बन्नुभएको थियो । सिटौला, निधिसहित सभापति देउवा पक्षमा ४४ जिल्ला सभापति विजयी हुँदा कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन् । गोरखा, मनाङ, मुस्ताङलगायत केही जिल्लाका सभापति भने सर्वसम्मत चुनिएकाथिए । यसैबीच, आइतबार सम्पन्न बारा जिल्लाको अधिवेशनबाट सभापतिमा राजेश राय यादव निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा यादवले १२ सय ६ मत ल्याई शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्नुभएको हो । उता, सिन्धुपाल्चोकमा भने दोस्रो चरणमै जंगबहादुर तामाङले वंशलाल तामाङलाई ६४ मत अन्तरले पराजित गर्नुभयो ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…