SamwadKhabar logo

               

राजनीति

दलहरुबीच गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

संवाद खबर

संवाद खबर

दलहरुबीच गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड
चैत १०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।” नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन ।” भरतपुर महानगरपालिकामा उहाँकी छोरी रेनु दाहाल प्रमुख हुनुहुन्छ । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उहाँ निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो¥याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । उहाँले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उहाँले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दै हुनुहुन्छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…