SamwadKhabar logo

समाचार

टिकटकले मानसिक स्वास्थ्यमा असर

संवाद खबर

संवाद खबर

टिकटकले मानसिक स्वास्थ्यमा असर
चैत ११, काठमाडौं । अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन पनि गरिएको छ । उक्त टोलीले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन् ।
अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ । महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिएका थिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए । आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ । महान्यायाधिवक्ता विलियम टोङले टिकटकबाट हुने खतराप्रति लापरवाही गर्न नसकिने बताएका छन् । टिकटकको जाँचपछि सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामको पनि जाँच गरिने भएको छ । आवश्यक परेमा १३ वर्षमुनिका बच्चाहरूको लागि यो प्रतिबन्ध लगाइने छ वा उनीहरूका लागि छुट्टै संस्करण बनाउन आग्रह गरिनेछ । एजेन्सी

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि