SamwadKhabar logo

समाचार

आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा विजयी

संवाद खबर

संवाद खबर

आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा विजयी
चैत ११, काठमाडौं । आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा विजयी हुनुभएको छ । बिहिबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा बालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । अधिवेशनमा एमाले र कांग्रेस गठबन्धन बनेको थियो । अध्यक्षमा गेल्जे लामा शेर्पा कांग्रेस प्यानलबाट निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा एमालेबाट निर्वाचित हुनुभएको हो । एमाले, कांग्रेस एकातिर र माओवादी, संघीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो । बिहिबार राति सम्पन्न निर्वाचनमा २१ जना पदाधिकारी अध्यक्ष र महासचिवमा मात्रै मतदान भएको थियो । वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ति, उपाध्यक्षहरु युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरी जिमी र श्रुति कुमाल निर्वाचित भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन् । उपमहासचिव रामकृष्ण लामा, कोषाध्यक्ष विजय शारु मगर र ८ जना सचिवसहित केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन् । महाधिवेशनमा सहभागी नेता इन्द्र फाल मगरका अनुसार अध्यक्षमा शेर्पाले ४४ मत र प्रतिद्वन्द्वी सोनम लामा ८ मत पाएका थिए । अध्यक्षमा २ मत र उपाध्यक्षमा ३ मत बदर भएको थियो । त्यसैगरी महासचिवमा एमालेका तर्फबाट उम्मेदवार दिवस राईले ३६ मत र प्रतिस्पर्धी सुखवीर धामीले १५ मत पाएका थिए । नेपालमा आदिवासी जनजातिका ५९ जातजाति सूचिकृत रहेको छ । ती मध्ये ५४ जातजातिका एक एक जना प्रतिनिधि मतदाता रहने व्यवस्था छ । महाधिवेशनमा ५४ जातजातिका प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा पदाधिकारी नपाएको भन्दै थारु समुदायका मतदाताले बहिस्कार गरेको बताइएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि