SamwadKhabar logo

               

संघीय खबर

पदकै लागि बादलहरू एमालेमा गए – शिक्षामन्त्री पौडल

संवाद खबर

संवाद खबर

पदकै लागि बादलहरू एमालेमा गए – शिक्षामन्त्री पौडल
चैत १३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भन्नुभयो “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सरापदै हुनुहुन्छ ।” आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताउनुभयो । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्री पौडेलले भन्नुभयो, “आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।” देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धीलाई संस्थागत गर्न गठबन्धन गरेको बताउनुभयो । माओवादीको लामो संघर्षपछि आएको परिर्वतनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उहाँले बताउनुभयो । उहाँले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको बताउदै माओवादीले ल्याएको परिवर्तनमा अन्य दलहरुले रजाई गरेको बताउनुभयो । “माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलव्धी भए, उपलव्धीहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो” मन्त्री पौडेलले भन्नुभयो “माओवादीकै उपलव्धीमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधानता जनप्रतिनिधले कुँ गर्न मिल्दैन दुई–दुई पटक संविधान मिचेर संसद अन्तय गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउदैन ।” माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गर्नुभयो । उहाँले समाजवादी क्रान्तिको लागि शक्तिशाली पार्टी निर्माणको संकल्प गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।        

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…