SamwadKhabar logo

               

कर्णाली प्रदेश

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै

देवराज रिजाल

देवराज रिजाल

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै
१५ चैत्र, काठमाडौँ । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका १८ हजार ४१८ बालबालिका रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी एवं ल्याब टेक्निसिएन निरीक्षक नीमप्रसाद गिरीले जानकारी दिए । उनकाअनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हारहारीमा रहेको छ । यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने छ । स्वास्थ्य कार्यालय रुकुमपूर्वले टाइफाइडविरुद्धको अभियान जिल्लामा कसरी सञ्चालन गर्ने भनेर कार्ययोजना निर्माण गर्नका लागि जिल्लास्तरी अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित सबै गाउँपालिकाका शिक्षा शाखा प्रमुख, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख र उपप्रमुख, सबै स्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति छ । सोमबार र मङ्गलबार दुई दिनसम्म चल्ने गोष्ठीमा छलफलका माध्यामबाट खोप केन्द्रको सङ्ख्या निर्धारण, खोप ढुवानी व्यवस्थापन, सञ्चालन गर्ने मिति, पालिका तथा वडामा सरोकारवालासँग अभिमुखीकरण गर्ने मिति तय गरिने गिरीले बताए । उनकाअनुसार जिल्लामा साविकको गाविसका प्रत्येक वडामा खोप केन्द्र स्थापना गरी टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने छ । आवश्यकताका आधारमा भौगोलिक विकटता भएको ठाउँमा दुई घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गर्न सकिने छ । टाइफाइडविरुद्धको खोप लागाउने लक्षित जनसङ्ख्या ८० प्रतिशत विद्यालयमा हुने भएकाले यो कार्यक्रममा विद्यालय केन्द्रित गरिने पनि बताइएको छ । टाइफाइड खोपको सुरुआत जिल्लास्तरीय अभमुखीकरण तथा गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख भीमकुमारी पुनले यस अभियानले जिल्लामा मात्र नभई देशभर नै टाइफाइडको उन्मूलन हुँदै जाने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले अभियान सफलतापूर्वक सम्पन्न गर्नका लागि जिल्लामा त्यति सजिलो नभएको बताए । सबै बालबालिका विद्यालयको पहुँचमा नभएको, भौगोलिक विकटता रहेकाले पनि अभियान सञ्चालन गर्दा विषेश योजना बनाउनुपर्नेमा प्रजिअ खड्काले जोड दिए। निमित्त जिल्ला समन्वय अधिकारी रवीन्द्र बुढाक्षेत्री, शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तीलक गौतम टाइफाइड रोग खोपमार्फत निर्मूल पार्ने सरकारको अभियान राम्रो भएको बताउँदै टाइफाइडकै कारण बालबालिका विभिन्न समस्याको शिकार बन्ने अवस्थाको अन्त्य हुँदै जाने बताए । रासस

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

२० कार्तिक, काठमाडौं । तिला गाउँपालिका१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकु…

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

१६ असोज, काठमाडौं । घर सजावटका लागि माटो खन्नेक्रममा माथिबाट आएको मोटोको ढिस्कोले …

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

१३ भाद्र, काठमाडौं । सुर्खेतजुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमा…

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीद्वारा शपथ

साउन २०, काठमाडौं । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी हुनुभ…