SamwadKhabar logo

               

संघीय खबर

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छः मन्त्री चौधरी

संवाद खबर

संवाद खबर

बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छः  मन्त्री चौधरी
चैत १५, काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताउनु भएको छ । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्षात्को फोहोर पानी र ढललाई व्यवस्थापन गर्न शुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताउनु भएको हो । काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने उदेश्यले निर्माण हुन लागेको ढल व्यवस्थापन कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार भित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाईने बताउनु भयो । ‘आगामी आर्थिक वर्षमा सिंहदरबार भित्र र वरिपरीको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुननिर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाउँछौं’, मन्त्री चौधरीले भन्नु भयो, ‘महत्वपूर्ण स्थानहरुमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको कार्य सरकारले अगाडि बढाउने छ ।’ निर्धारित समय अगाडि नै ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने र स्थानीय वासिन्दा तथा बालुवाटार क्षेत्रको सडक प्रयोगकर्ताले सुविधा पाउने मन्त्री चौधरीले बताउनु भयो । मन्त्री चौधरीले निर्धारिक समयभन्दा अगाबै र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै स्थानीय वडाका जनप्रतिनिधिको साथ र सहयोगबाटआयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो । खानेपानी सचिव सुरेश आचार्याले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौं महानगर पालिकाका तीन वटा वडाका वासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने भन्दै सडक प्रयोगकर्ताले पनि सुविधा पाउने बताउनु भयो ।  सचिव आचार्याले एक हजार दुई सय मिटर लामो ढल बालुवाटार क्षेत्रबाट वडा नं २ को सुकुनामार्ग हुँदै टुकुचामा पुर्याइने बताउनु भयो ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित भिभिआईपीको सरकारी निवास क्षेत्र र महानगरको २,३ र ४ का नौं हजार दुई सय ४६ घर परिवारले आयोजनाबाट लाभान्वित हुने बताउनु भयो । निर्देशक सापकोटाले सो आयोजनालाई १५ महिना भित्र सम्पन्न गर्ने गरी समानान्तर निर्माण कम्पनीलाई १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको बताउनु भयो । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित ललितानिवास छेउमा बालुवाटार ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको शिलान्यासपछि महानगरका २ नं वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढल आयोजनालाई निधारित समयमा सम्पनन गर्न वडाबासीको तर्फबाट आफूले सहयोग, साथ र समर्थन गर्ने बताउनु भयो ।  समानान्तर निर्माण कम्पनीका अध्यक्ष अच्युत प्रसाद खरेलले आयोजना कर्यान्वयन निर्देशनालयले तोकेको अधिकतम लागत १९ करोड २९ लाख भन्दा कममा आफूहरुले घाटा खाएर ठेक्का लिए पनि आगामी वर्षातको समय अघि नै गुणस्तरमा सम्झौता नगरी काम गर्ने बताए । उनले यसै क्षेत्रको नेपाल राष्ट्र बैंकको संरचना पनि आफ्नै कम्पनीलाई पाएर काम गरिरहेको हुनाले सुरक्षा संवेदनशिलतालाई समेत हेरेर घाटा भए पनि ठेक्का सम्झौता कर्यान्वयन गर्ने प्रतिवद्धता जनाए । बालुवाटार क्षेत्रमा ढल र बर्षात्को पानी व्यवस्थित गर्न नसक्दा आवास क्षेत्र र सडक ढल र पानीको कारण जलमग्न हुने र घर भित्र पस्ने समस्या छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक नम्वर गेटबाटै बालुवाटरको उत्तरी क्षेत्रबाट आउने वर्षात्को पानी निवासभित्र पस्ने गर्दछ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…