SamwadKhabar logo

               

संघीय खबर

पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

संवाद खबर

संवाद खबर

पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार  प्रतिबद्ध छः प्रधानमन्त्री देउवा
चैत १७, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन्। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारे । उनले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राखेका छन्। प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गरे । उनले भने, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।” प्रधानमन्त्री देउवाले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताए। उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…