SamwadKhabar logo

               

संघीय खबर

गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी

संवाद खबर

संवाद खबर

गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी
चैत १८, काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरी नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ निवासी पत्रकार ऐरीलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २७ गते संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो । सहभागी १० जना प्रतिस्पर्धीबाट सरकारले उहाँलाई सिफारिस गरेको हो । २०६२६३ सालमा मोफसलबाट सक्रिय पत्रकारिता सुरुवात गर्नुभएका ३४ वर्षीय ऐरी कान्तिपुर टेलिभिजनमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागबाट एमफिल गर्नुभएका ऐरीसँग पत्रकारिता र व्यवस्थापनको क्षेत्रमा १८ वर्षको अनुभव छ । उहाँले रेडियो सुदूर आवाज डडेल्धुराको स्टेसन म्यानेजर, राष्ट्रिय समाचार समिति ९रासस० र कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा करिब डेढ दशक सक्रिय पत्रकारिता गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको सचिव र नेपाल प्रेस युनियन डडेल्धुराको संस्थापक सभापतिको जिम्मेवारीसमेत उहाँले निर्वाह गर्नुभएको छ । हाल उहाँ युनियनको सुदूरपश्चिम प्रदेश संयोजक हुनुहुन्छ । गोरखापत्रजस्तो ऐतिहासिक तथा गौरवमय इतिहास बोकेको दक्षिण एसियाकै पुरानो अखबारमा नयाँ सदस्यका रूपमा काम गर्ने अवसर पाउनु आफ्ना लागि गर्वको विषय भएको प्रतिक्रिया उहाँले दिनुभयो । नेपाल सरकार र सहयोगीप्रति आभार व्यक्त गर्दै, उहाँले गोरखापत्रमा आबद्ध दक्ष र अनुभवी पत्रकार तथा कर्मचारीहरूसँग सहकार्य गरी संस्थानको सुधार र हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यसैबीच न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का नियुक्त हुनुभएको छ । मन्त्रालयले फागुन २७ गते समितिको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो । त्यसैको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले खड्कालाई अध्यक्ष नियुक्त गरेको हो । विभिन्न सञ्चार संस्थामा काम गर्नुभएकी उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वसचिव हुनुहुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…