SamwadKhabar logo

समाज

मौलाउँदै साइबर ठगी

देवराज रिजाल

देवराज रिजाल

मौलाउँदै साइबर ठगी
१८ चैत्र, काठमाडौँ । कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन। महानगरीय अपराध महाशाखाका अनुसार उपत्यकामा वर्षेनी साइबर ठगीका घटना उकालो लागिरहेका छन्। गत आर्थिक वर्ष महाशाखामा २ सय ४४ वटा साइबर ठगीका उजुरी परेका थिए। जसमा ७ करोड ७८ लाख ३४ हजारभदा बढी रूपैयाँ ठगी भएको पीडितले दाबी गरेका थिए। चालु आर्थिक वर्षका ८ महिनामै ३ सय १५ वटा उजुरी परेका छन्। जसमा ६ करोड ५५ लाख ३२ हजारभन्दा बढी रकम ठगी भएको पीडितले दाबी गरेका छन्। महानगरीय अपराध महाशाखाले उपत्यकाका तीन जिल्लाबाट लिएका उजुरीको विवरण हो यो। यीमध्ये पनि बढीजसो फेसबुक, इमो, भाइबर, वाट्सएपजस्ता सामाजिक सञ्जालमा ठुलो रकम चिट्ठा पर्‍यो भनेर त्यो लिन ट्याक्स रकम भनेर ठग्नेहरूका उजुरी बढी परेका छन्। यस्ता उजुरी गत वर्ष ४४ वटा परेकामा यस वर्ष ६१ वटा परेका छन्। यो ढंगले दुई आर्थिक वर्षमा दुई करोड ६७ लाखभन्दा बढी रकम ठगी गरेर लिएको पीडितहरूको दाबी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। यस्तै सामाजिक सञ्जालमार्फत विदेशी नागरिक भन्दै मायाप्रेम र आत्मीयता बढेको भन्दै महँगो गिफ्ट पठाउने र त्यसका लागि चाहिने ‘राजस्व, भन्सार करलगायत रकम तिरेर पार्सल पुर्‍याउनेलाई दिनु’ पैसा हत्याउने घटना पनि उस्तै छन्। यसमा गत आर्थिक वर्ष ४३ वटा ठगिएका व्यक्तिहरूको उजुरीमार्फत १ करोड २४ लाखभन्दा बढी रकम ठगहरूले असुलेको देखिएको छ भने यस वर्षका ८ महिनामा ३८ वटा घटनामार्फत ५६ लाख ६० हजार रूपैयाँभन्दा बढी ठगहरूले लगेका छन्। ‘सूचना प्रविधिको विकाससँगै साइबर ठगी नयाँ स्वरूपमा देखिएको छ। जुन वर्षेनी बढ्दै गएको देखिन्छ,’ उनले भने, ‘यसमा सोझासिधा त सजिलै फसेका पाइन्छन् नै, अत्यन्त चलाख र सरकारका उच्चपदस्थ अधिकारी, नेता, सामाजिक अगुवासमेत फसेका छन्।’ दोषी पत्ता लगाउनै कठिन गत आर्थिक वर्षमा परेका २ सय ४४ उजुरीमध्ये महाशाखाले १५ वटा मुद्दामा दोषी पत्ता लगाएर ३ करोड ७३ हजार रकम बिगोसहित कारबाहीका लागि मुद्दा अगाडि बढाएको छ भने एक लाख ४४ हजार रकम बराबरका १७ वटा उजुरीलाई मिलापत्र गराएको छ। बाँकी २ सय ३२ उजुरीका दोषी अझैसम्म पत्ता लाउन सकेको छैन। यस्तै चालु आर्थिक वर्षका हालसम्म परेका ३ सय १५ उजुरीमध्ये १७ वटा उजुरीमा दोषी पत्ता लगाएर २ करोड ६१ लाख ६२ हजार बिगोसहित मुद्दा अघि बढाएको छ। २५ वटा उजुरीमा २० लाख ८६ हजार रकम बिगो तिराएर मिलापत्र गराइएको छ। २ सय ७३ उजुरीका दोषी अझै पत्ता लागेको छैनन्। यस्ता घटनामा मूल दोषी पत्ता लगाउनै समस्या रहेको महाशाखाका प्रवक्ता एसपी कोइरालाले बताए। उनले भने, ‘अपराधीले अनेक उपाय लगाएर प्रविधिको प्रयोग गरेको हुन्छ। यसकारण अपराधी नै पत्ता लगाउन सकिने अवस्था रहन्न।’ यसमा नेपालमा सेवाप्रदायक संस्थाका कानुन र प्रक्रियाले समेत झन्झट निम्त्याएको उनी बताउँछन्। ‘टेलिकम सेवा प्रदायकले प्रयोगकर्ताको यथेष्ठ जानकारी नै नराखी सिम दिइदिन्छ। अनि त्यही सिमबाट डिजिटल वालेटमा खाता खुल्छ,’ उनले भने, ‘तीनै सिमबाट सामाजिक सञ्जालमा नक्कली खाता नि खुल्छ। त्यसबाट ठगको पहिचान नै गर्न मुस्किल हुन्छ।’ यद्यपि तत्काल दोषी पत्ता लगाउन नसके पनि महाशाखामा परेका उजुरीउपरको अनुसन्धान अझै चलाइरहेको महाशाखाकी प्रहरी नायब उपरीक्षक ९डिएसपी० कोपिला चुडालले बताइन्। ‘अनुसन्धान गरिरहेकै छौं। कुनै दिन त भेउ पनि पाइनसक्छ नि,’ उनले भनिन्।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि